१२ हजार घुससहित लेखनाथ मालपोतबाट खरीदार पौडेलसहित दुईजना पक्राउ

१२ हजार घुससहित लेखनाथ मालपोतबाट खरीदार पौडेलसहित दुईजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ कार्तिक २०७६
  • 4.2K
    Shares

पोखराको लेखनाथ स्थित मालपोत कार्यालयमा नामसारी गरिदिने भन्दै १२ हजार रुपैयाँ घुस लिँदै गर्दा मालपोतका खरिदारसहित दुई जनालाई अख्तियारले पक्राउ गरेको छ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको हिरासतमा राखिएका अभियुक्तहरुमा लेखनाथस्थित मालपोत कार्यालयका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराई रहेका छन्।

एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिन देखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराईले नामसारी गरिदिने भन्दै १२ हजार रुपैयाँ घुस लिँदैगर्दा नियन्त्रणमा लिइएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले, ‘उनीहरूले आज काम बनाइदिने भन्दै १२ हजार लिँदै गर्दा साँढे चारबजेतिर अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको” बताए।

प्रतिक्रिया