अमेरिकी फौज फिर्ता लैजान माग गर्दै दक्षिण कोरियाली बिध्यार्थीहरुद्वारा अमेरिकी राज्दुतावासभित्रै प्रदर्शन

अमेरिकी फौज फिर्ता लैजान माग गर्दै दक्षिण कोरियाली बिध्यार्थीहरुद्वारा अमेरिकी राज्दुतावासभित्रै प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ कार्तिक २०७६
  • 3K
    Shares

अमेरिकन राजदुताबासमा दक्षिन कोरियाली नागरिकको प्रदर्शन

सोल : अमेरिकालाई आफ्ना फौज फिर्ता लैजान माग गर्दै दक्षिण कोरियाली विद्यार्थीहरु अमेरिकी राजदूतको निवासमै छिरेर २० जना जति कोरियन नागरिकले प्रदर्शन गरेका छन् । कोरियाका लागि राजदूत ह्यारी हरिसको निवासको पर्खालमा उक्लिएरै उनीहरु कम्पाउन्डमा छिरेका थिए ।

अमेरिकी फौज आफ्नो देशमा छिरेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए।  यसरी प्रदर्शन गर्ने १९ प्रदर्शनकारीलाई यहाँको प्रहरीले पक्राउ गरेको छ । उनीहरुले प्रदर्शनको क्रममा अमेरिकालाई आफ्ना फौज फिर्ता लैजान माग गरेका छन् ।

‘यो भूमि छोड, हरिस’ नारा लेखिएको ब्यानर समेत उनीहरुले प्रदर्शन गरेका थिए । ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘बाहिर जाऊ’, ‘हामीलाई अमेरिकी फौज चाहिँदैन’ जस्ता नारावाजी गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया