ने.क.पा. राप्ती ब्युरो बैठकमा प्रहरी हस्तक्षेप, पार्टीका कमाण्ड इन्चार्ज सहित २१ जना गिरफ्तार, प्रहरी घेरा कायमै

ने.क.पा. राप्ती ब्युरो बैठकमा प्रहरी हस्तक्षेप, पार्टीका कमाण्ड इन्चार्ज सहित २१ जना गिरफ्तार, प्रहरी घेरा कायमै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असोज २०७६
  • 5K
    Shares

ने.क.पा. केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ ,युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गली

विप्लव नेतृत्वको ने.क.पा. राप्ती ब्युराे बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित २१ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द उर्फ वीरगञ्जसहितका नेता छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुन्  । त्यस्तै अर्का पार्टी केन्द्रिय सदस्य एबम राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।

भारतसँग सीमा जोडिएको राजपुर गाउँपालिका-४, मरेठास्थित जंगलभित्र रहेको ज्ञानेन्द्र ओलीको घरमा बैठक बसिरहेको बेला उनीहरुलाई गिरफ्तार गरिएको प्रहरीको दाबी छ।

प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङको संयुक्त टोलीले उनीहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ ।  त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा मागिएका विवरण, चन्दा संकलन गरिएका रसिद ३२ थान मोबाइल लगायत बरामद गरिएको प्रहरीको भनाई छ  ।

यसैबीच प्राप्त जानकारी अनुसार, ने.क.पा.राप्ती ब्युरोको बैठक वसिरहेको स्थान राजपुरमा अहिलेसम्म पनि प्रहरीले घेरा हालीरहेको छ ।
बैठकमा नेकपा राप्ती ब्युरोका पाँचै जिल्ला सेक्रेटरी, इन्चार्ज र अन्य नेता–कार्यकर्ताको पनि उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया