हिसिला यमी दुर्घटनामा

हिसिला यमी दुर्घटनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ भाद्र २०७६
  • 4.1K
    Shares

समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् ।

आईतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था चिन्ता मुक्त भईसकेको असपताल स्रोतले जनाएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको श्रीमति रहेकी यमी पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत हुन् ।

प्रतिक्रिया