सैनिक जवानद्वारा आफैलाई गोली हानि आत्महत्या

सैनिक जवानद्वारा आफैलाई गोली हानि आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ फाल्गुन २०७५
  • 8.2K
    Shares

नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले शनिबार राती आफूले बोकेको हतियारले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । डोटी स्थायी ठेगाना भएका जवान जोशीले डिउटीका लागि एम १६ राइफल बोकेका थिए र  सोही राइफलले उनले आफ्नै छातीमा गोली हानेका हुन् ।

गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली हानेर सख्त घाइते अवस्थामा अस्पताल पुर्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सहयाक रथी यमप्रसाद ढकालले प्रारम्भीक अनुसन्धानमा जवानले आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको खुलेको बताए । घटनाको बिस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ ।

 

प्रतिक्रिया