हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको निधन

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ फाल्गुन २०७५
  • 6.9K
    Shares

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए।

एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा ठोकिएर दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले भने, ‘शव चिन्न नसकिने अवस्थामा छन्। हामीले घटनास्थलमा भएका शवहरुलाई एकीकृत गर्दैछौं।’ मौसम प्रतिकुलताका कारण थप सुरक्षा टोली घटनास्थल पुग्न सकेको छैन्, जसले गर्दा शव एकीकृत गर्न केही समय लाग्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा पुगेको सुरक्षा निकायसहित केही स्थानीयको टोलीले घटनास्थलमा शव एकीकृत गर्ने काम गरिरहेको छ।

प्रतिक्रिया