जनताले प्रचण्डलाइ कारवाही गर्छन् र उनी माफीका लायक हुदैँनन: दिपेन्द्र जंग शाही

जनताले प्रचण्डलाइ कारवाही गर्छन् र उनी माफीका लायक हुदैँनन: दिपेन्द्र जंग शाही


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ फाल्गुन २०७५
  • 9.2K
    Shares

हरेक परिवर्तनको आन्दोलनमा धेरै मनुष्यको वथ हुन्छ । युद्ध भूमिमा बगेको रगतले इतिहास बदल्ने युद्धले, महान दश वर्षे जनयुद्धको इतिहास बदल्यो या बदलेन त्यो दोस्रो कुरा हो, पहिलो बदलेको इतिहासलाई जोगाउन सक्छ कि सक्दैैन भन्ने महत्वपूर्ण हो ।

आम नेपाली जनताको मनमा घाँउ उत्पन्न भएको छ, जनता पिडामा छन्, जनताका सपनामा डढेल्नो लागेको छ । त्यो घाँउमा मलम कस्ले लगाउने, पिडालाई कसरी शान्त पार्ने, डढेल्नो लागेको सपनालाइ कस्ले शितल दिने? यो विषयमा आज नेताहरु मौन छन् ।

सर्बहारा बर्गको मुक्तिको लागि भनेर लड्ने हरेक नेपाली जनता भर्खरै पलाउदै गरेको शरिरमा एक उदेश्यमा आधारित जनयुद्धको सिपाही भएर नेपाली नागरिकको रक्षा, राष्ट्र स्वाधीनता, समृद्ध, स्वतन्त्र, र हरेक गरिब दुखिको अधिकारको लागि आफ्नो जिवनको बलिदान यसै गरेका होइनन् ।

घाइते, अपांग भएर गोलिका छर्राहरु शरिरमा लिएर कस्टपुर्ण जिन्दगी बिताउनु पर्ने विडम्बना छ । हिजो भारतिय साम्राज्यबादका विरुद्ध प्रतिबाद गर्छौ, नया नेपाल निर्माण गर्छौ, भन्दै लाखौ जनताको माझमा रगत उम्लिने भाषण गर्ने जनयुद्धका सुपृम कमान्डर पुष्म कमल दहाल “प्रचण्ड” लाइ आज सहिद परिवारका सन्ततिहरु नै बोझ भएको छ ।

दश वर्षे जनयुद्धमा जनताको अधिकारको लागि लड्ने र जीवनको आहुति दिने योद्धाका परिवारलाई आज द्धन्द्ध पडित भनिन्छ । त्याग तपस्या र बलिदान समर्पण गरेर जित्दै गरेको युद्ध सत्ताको लोभ, आफ्नो ब्यक्तिगत सपना, दलाली र गधारी गरेपछी जित्दै गरेको युद्ध रोकिन पुग्यो । नेपालमा राजनिति क्रान्ति सम्पन्न भयो भन्दै जुन भ्रम बाडिरहेका छन यहि शब्दले प्रचण्ड–ओली भष्म भएका छन् ।

एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा आम नेपाली जनता आबद्ध हुन आवश्यक छ । लोभी, पापी, गद्यारहरु डरको आगोले भष्म भएतापनि जनताहरु अझै परिवर्तनको सपना देखेका मात्र छैनन् परिवर्तन गर्ने बाटोमा लाम्बद्ध हुन तयार भएका छन् । हजारौ सहिदहरुको मृत्युपश्चात् दाहासस्कार भयो, शरिर मरेर गयो तर जीवित हुँदा देखेको सपनाको दाहासस्कार कदापी हुन दिदैनौ।
जनताले तिमिहरु जस्तो गद्धारीहरुलाइ बिश्वास गरेर नेपाल आमाको काख रितिदा पनि गुनासो गरेका थिएन । नेपालको मुहार फेरिने आशामा अपांग शरीर सुम्सुम्याउदै पर्खिरहे, तर तिम्रो शब्दमा बोलिने मुठिभर दलालहरुले मात्र जिवनस्तर उकास्यौ सर्बहारा बर्गको हित भन्दै सोझा साझा जनताको सपना लाई तुहाइ छाड्यौ। जनता जनार्दन हुन तिम्रा लागि मर्न तयार भएका तिनै जनता तिम्रा विरुद्ध आवाज उठायर तिमीहरुलाइ एक दिन अवश्य कारवाहीको भागिदार बनाउछन् जति बेला तिमी माफीका लायक हुदैनौं प्रचण्ड ।

प्रतिक्रिया