धान थन्क्याउने क्रममा विवाद हुँदा दुर्इ समुहबीच झडप, एकको मृत्यु

धान थन्क्याउने क्रममा विवाद हुँदा दुर्इ समुहबीच झडप, एकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ मंसिर २०७३
  • 10.9K
    Shares

कपिलवस्तुको विद्यानगर–४ बसवरिया गाउँमा धानको पराल थन्क्याउने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय तिलकराम यादवको गोठमा तिलकराम यादवका छोरा अमरदीप यादव र स्थानीय आरिफ मुसलमान, रिजवान मुलसमान, अनरउल्लाह मुसलमान र सम्साद मुसलमानबीच वादविवाद हुँदा उत्पन्न झडपमा परी ५० वर्षीय मुन्नालाल यादवको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

धानको पराल थन्क्याउने क्रममा अमरदीप र वारिस मुसलमानसँग आपसी विवादका कारण उत्पन्न तनावमा दुवैतर्फबाट आएका मानिसबीचको ढुंगामुढाका कारण मुन्नालाल घाइते भएका थिए।

घाइते मुन्नालालको मेडिकल कलेज भैरहवामा उचार हुँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले बताए। घटनामा स्थानीय ४५ वर्षीय बालगोविन्द यादव, २३ वर्षीय विक्रम यादव, ६० वर्षीय तिलक यादव, २५ वर्षीय निमा यादव घाइते भएका छन् । घटनाका मुख्य दुई पक्षहरू अमरदीप यादव र वारिस मुलसमानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया