सुनको मूल्य फेरी घट्यो

सुनको मूल्य फेरी घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 9.7K
    Shares

सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ ।

सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्दै ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

मंसिरकै महिनामा सुनको मूल्य घट्दा उपभोक्ताहरुलाई राहत भएको छ । शुक्रबार सुन वर्षकै सबैभन्दा कम मूल्यमा सुन बिक्री भएको थियो ।

आज थप सुनको मूल्य घटेपछि नेपाली बजारमा सुन झण्डै एकवर्ष यताकै सस्तो बिन्दुमा आइपुगेको छ ।
डलर र अन्तर्राष्ट्रिय सेयर बजार बलियो बन्दै गएपछि सुनको मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य विश्व बजारमा उकालो लागिरहेको छ ।

प्रतिक्रिया