साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ मंसिर २०७३
  • 12.4K
    Shares

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ  । शुक्रबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ।

यो ८ महिना यता कै सस्तो मूल्य हो ।  त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया