सुनको मूल्य ६ महिना यताकै सस्तो

सुनको मूल्य ६ महिना यताकै सस्तो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० मंसिर २०७३
  • 9.8K
    Shares

सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ । मंसिर लागेयता सुन निरन्तर सस्तो भइरहेको छ ।

प्रतिक्रिया