तारा एयरको विमान वेपत्ता, खोजी कार्य तीब्र

तारा एयरको विमान वेपत्ता, खोजी कार्य तीब्र


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ फाल्गुन २०७२
  • 12.5K
    Shares

पोखराबाट जोमसोमका लागि उडेको ९(एएचए) कल साइन रहेको तारा एयरको विमान वेपत्ता आज बिहान बेपत्ता भएकोछ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो । सो विमान दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । वेपत्ता विमानको खोजी कार्यलाई तीब्र पारिएको छ । विमानमा चालक दलका सदस्यसहित विमानमा २३ जना रहेको थिए । रोशन मानन्धर पाइलट रहेको उक्त विमानमा विकेश मेनपुल कोपाइलट थिए भने रमा रावल एयर होस्टेज थिइन् ।
विमानमा दुई विदेशी चीन र कुवेतका नागरिक रहेका थिए । जहाजमा सवार यात्रूहरुमा दुई बालबालिका रहेका थिए उनीहरुको नाम खुल्न सकेको छैन । सो विमानमा रहेका अन्य यात्रुहरुमा अन्य यात्रु रसर अलिद अहमद, रेवती बराल, मुक्तिनाथ बास्तोला, बिनिता भट्टचन, कृष्ण भट्टचन, दिलकुमारी र्गौचन, देवीजङ गुरुङ, फेन्जुक गुरुङ, लक्ष्मी हिराचन, मोतीबहादुर केसी, पवित्रा केसी, लेप्चाङ लामा, बालकृष्ण न्युउरे, कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, इन म्याक्सु जहाजमा सवार थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार, म्याग्दीको रुप्चेमा आगोको ठूलो मुस्लोसहित धुवाँ निस्किएको देखिएको छ । उक्त आगोको मुस्लो पोखराबाट जोमसोम उडेको जहाजको दुर्घटनास्थलबाट निस्केको हुनसक्ने सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् । आगो मुस्लो निस्किएको देखेपछि उद्धारका लागि गएको हेलिकोप्टर अपतरण गर्न नसक्दा फर्किएको छ । अत्यन्तै विकट सो स्थानमा पैदलमार्गबाट पनि नेपाली सेनासहितको उद्धार टोली पठाउने तयारी गरिएको सुरक्षा अधिकारीले बताएका छन् ।
विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको थियो ।

प्रतिक्रिया