काठमाडौं, ४ मंसिर ।
नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार (आज)भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरेका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले नेपालका लागि रोमाञ्चक गोल गरे ।
केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो ।