चर्चा र विवादका बीच अमेरीकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आफूले शपथ खाएर कार्यकाल शुरु गरे लगत्तै २० देखि ३० लाख गैरकानुनी रुपमा अमेरीकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट हटाउने घोषणा गरेका छन्र् । उनले निर्बाचन अघि पनि एक करोड दश लाख विदेशी आप्रवासीलाई हटाउँदै आएका थिए ।
एक टेलिभिजनलाई दिएको अन्तवार्तामा उनले अमेरीकामा रहेका आपराधीक रेकर्ड बनाएका र कागजात नभई लुकीछिपि बसेकाहरुलाई हटाउने घोषणा गरे l सो घोषणापछि आप्रवासीहरुमा खैला बैला मच्चिन शुरु गरेको बताईएको छ । जनवरी २० मा ट्रम्पले शपथ ग्रहण गर्दैछन् ।