तीन दल र मधेसी मोर्चाको वार्ता विना निष्कर्ष सकियो

तीन दल र मधेसी मोर्चाको वार्ता विना निष्कर्ष सकियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 11.2K
    Shares

सहमति खोज्ने प्रयाससहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दल र मधेसी मोर्चाबीचको बैठक विना निष्कर्ष टुंगिएको छ । बिहान ९ बजेबाट शुरु भएको बैठकले सहमतिको वातावरण बन्नुको साटो झनै दुरी बढेको प्रतिक्रिया मधेसी नेताहरुले दिएका छन् ।
सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णले जुन उत्साहसँग शीर्षसँगको बैठकमा सहभागी हुन आएको बैठकपछि निराश हुनुपरेको प्रतिक्रिया दिए । ‘सत्तारुढ दल नै मधेसका कुनै मागालई सम्बोधन गर्ने पक्षमा देखिएनन्’, उनले भने, ‘तीन दलले सहमति नचाहेपछि हिजोको परिस्थिति जहाँ थियो, अहिले पनि त्यहीँ छ ।’
तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश यादवले कांग्रेस, एमाले र एमाओवादी नभइ प्रधानमन्त्री केपी ओली सहमतिको बाधक भएको प्रतिक्रिया दिए । ‘मधेस आन्दोलन टुंग्याउन कांग्रेस, एमाले र एमाओवादी होइन, प्रधानमन्त्री केपी ओली बाधक हुन्’, उनले भने, ‘आजको वार्ताले सहमतिको साटो बिमति बढायो ।

प्रतिक्रिया