बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला

बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ कार्तिक २०७३
  • 9.6K
    Shares

बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ । बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् ।
बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् । त्यसैगरी कम्तिमा १० वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए ।

प्रतिक्रिया