जम्मू-कश्मीरमा सुरक्षामा खटिएका भारतीय सैनिकमाथि पाकिस्तानतिरबाट अाक्रमण हुँदा १ भारतीय सैनिकका मृत्यु भएकाे छ । पाकिस्तान-भारतकाे विवादित सीमाकाे सुरक्षामा खटिएका भारतीय एसएसबीमाथि अाक्रमण भएकाे भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
एसएसबी महानिरीक्षक दीपक कुमारका अनुसार गस्तीबाट फर्किदै गर्दा उनीहरूमाथि अाक्रमण भएकाे थियाे । घाइते मध्य ४ जनाकाे अवस्था गम्भीर भएकाे एसएसबीले बताएकाे छ ।
शुक्रबार साँझ भएकाे अाक्रमणपछि दुबै पक्षबीच दाेहाेराे गाली हानाहान समेत भएकाे थियाे ।