फुटेका २ माओवादी एकताको चर्चा चल्यो पछल्लो समयमा । कतिसम्म भने फागुन १ गते प्रचण्ड र वैद्य नेतृत्वको माओवादी एक नै हुने आकबलन र अडकलवाजी भयो । वावुरामको वर्हिगमनपछि छटपटाएका प्रचण्डले वैद्यलाई अध्यक्ष नै वनाएर भएपनि एकताको कुरा चलाए । तर वैद्य माओवादीका धेरैजसो नेता कार्यकताले एकताको दवाव दिएपनि स्वयंम वैद्य र उपाध्यक्ष सीसी गजुरेल नै एकताको विपक्षमा उभिएका छन् । त्यही नेता रामवहादुर थापा ‘बादल’ र नेतृ पम्फा भुसाल जसरी पनि एकता गर्नुपर्ने लाइनमा देखिएका छन् ।
एकजना माओवादी नेता भन्छन–वैद्यजीले परिस्थितीको मागलाई किन बुझ्नुभएन उहा जहिल्यै पनि सिद्धान्तकै कुरा गर्नुहुन्छ नत सिद्धान्तले पार्टी वन्नेबाला छ,न त कुनै नयाँ सम्भावना नै । खाटी कुरा त के हो भने एमाओवादीतर्फ वर्षमान पुन अननन्तः,टोपवहादुर रायमाझी र जर्नादन शर्मा प्रभाकर र वैद्यतर्फ देव गुरुङ,सीपी गजुरेले एक आर्कालाई स्वीकार्ने स्थिती छैन् । कारण उनिहरु सवै एकै तहका भएकाले पार्टी एकतापछि आफु पछि परिन्छ कि भन्ने पिरालो त्यत्तीकै छ । वैद्यमा त एकताका लागि त्यत्तीकै दवाव छ ।
यतिसम्म कि केही समयअघि पार्टि कार्यालय कुपण्डोलमा आयोजित एक कार्यक्रममा जिम्मेवार नेताले त एकता नगर्ने भए गरेर खाउ भन्दै गाली समेत गरेका थिए । विभिन्न टुक्राामा विभक्त माओवादीका बीच बेला–बेलामा एकताको कुरा चल्छ र त्यो त्यत्तिमै सेलाउने गर्छ । कार्यकर्ताको मन थाम्न एकताको कुरा गर्ने माउ नेताहरु यतिबेला भने साँच्चिकैको एकता गर्न थालेका हुन कि भन्ने परेको थियो,फागुन १ अघि । तर अब विस्तारै त्यो विषयमा सेलाउदै गएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले त पार्टी एकता अब केही हप्तामै हुने ठोकुवा गरेका थिए । त्यही वैद्य माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पार्टी एकताको कुनै सम्भावना नभएको न्युजसेवालाई वताएका थिए ।
माओवादी अलि फरक पृष्ठभुमिबाट स्थापित नयाँ राजनीतिक शक्ति हो जुन शक्ति शान्ति प्रकृयासँगै छिन्न भिन्न हुन पुग्यो । जसको बढी असर आधारभुत जनता र कार्यकर्ता पंक्तिमा पर्न गयो । जति सैद्धान्तिक जलप लगाए पनि नेताहरुबीचको इगो, टकराव र अविश्वासका कारण माओवादी विभाजीत वनेको सत्य हो । यसविचमा एकीकृत माओवादीबाट फुटेर अलग भएको वैद्य माओवादीबाट पनि विप्लव टुक्रिएर अलग हुन पुगे,एकिकृतबाट बाबुराम बाहिरिए । जनयुद्ध बेलाको ठुलो कार्यकर्ता पंक्ति पार्टी एकताको पक्षमा उभिदै आयो । पछिल्लो चरणमा एकीकृत र वैद्य माओवादीका प्रभावशाली केही युवा नेताहरुको पहल र अभियान अभियानै सीमित भयो ।
भित्रैदेखि पार्टी एकतालाई भाँड्न र कार्यकर्तामाझ विभाजनको मनोवैज्ञानिक तुष हालिराख्न उद्धत देखिन्छ कतिपय नेताहरु । यस्ता प्रवृत्तिहरुलाई निरुत्साहित पार्दै प्रचण्ड र किरणले भिन्नाभिन्नै माओवादीहरुलाई मिलाएर फेरि एउटा ऐतिहासिक जिम्मेवारी वहन गर्ने मौका भने यहि हो । पार्टी एकतासँगै माओवादीलाई शुद्धिकरण र सुदृढीकरण गर्नुपर्ने देखिन्छ । प्रचण्ड र मोहन वैद्यबीच पार्टी एकता भएपछि क्रमशः अन्य माओवादी शक्तिहरु आफ्नो मुल केन्द्र खोज्दै ढिलो,चाँडो आउन बाध्य हुने सम्भावना रहन्छ ।