अमेरिकाको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीनको मृत्यु

अमेरिकाको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ असोज २०७३
  • 12.3K
    Shares

अमेरिकाको वार्लिङटनको एक सपिङ मलमा बन्दुकधारीले हमला गर्दा तीन जनाको ज्यान गएको छ । अर्का एक गम्भिर घाइते छन् । प्रहरी पहिले बन्दुकधारीको आक्रमण बाट मर्नेको संख्या चार बताएको थियो । तरपछि  मृत घोषणा गरिएको व्यक्ति गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीले साथमा राइफल रहेको हमलावरको खोजी भइरहेको बताएको छ ।

प्रहरीले संदिग्ध एकको तस्वीर सार्वजनिक गरेको बीबीसीले जनाएको छ । समाचार एजेन्सी एपीले वाशिंटन स्टेटको ट्वीटर सन्देशलाई उदृत गर्दै शुक्रबार सियेटल सहरबाट ६५ किलोमिटर पर माँलमा भएको गोली प्रहारबाट दुई जना घाइते भएको जनाएको छ ।  प्रहरीले राति करिब ८ बजे चिकित्सकको टोलीसहित माँल पुगेर घाइतेको उपचार गरेको थियो ।

प्रतिक्रिया