कास्कीमा अर्की युवतीको पनि शव भेटियो, रहस्यमय मृत्युको आशंकामा प्रहरी अनुसन्धान सुरु

कास्कीमा अर्की युवतीको पनि शव भेटियो, रहस्यमय मृत्युको आशंकामा प्रहरी अनुसन्धान सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ माघ २०७२
  • 14.3K
    Shares

कास्कीको लेखनाथ नगरपालिकास्थित वेगनासतालमा एक विदेशी महिलाको शव भेटिएको छ । हिजो बिहान करिब ११ बजेतिर तालमा तैरिरहेको अवस्थामा शव भेटिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । करिब ३०/३१ वर्षकी महिलाको पहिचान भने खुलेको छैन । उनलाई कसैले मारेर फालेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तर उनको शरिरमा कुनै चोटपटक भने देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । यसअघि गत मंगलबार पोखराको नयाँगाउँमा हत्या गरेर फालिएको अवस्थामा १९ बर्षीय नेहा पुनको शव भेटिएको थियो ।

प्रतिक्रिया