पोखरामा फेरी अर्की महिलाको शव पनि भेटियो, सेती नहरको पानी सुकाएर शव निकाल्यो प्रहरीले

पोखरामा फेरी अर्की महिलाको शव पनि भेटियो, सेती नहरको पानी सुकाएर शव निकाल्यो प्रहरीले


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ माघ २०७२
  • 12.6K
    Shares

पोखरामा फेरी अर्की एक महिला मृत भेटिएकी छिन् । पोखरा १३ दुई कुलाको मुहानस्थित सेती नहरमा पर्वत स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३५ बर्षिय जमुना सुवेदीको शव भेटिएको हो । बुधबार बिहान पाँच बजे नहरको फोहोरसँगै अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिब ७ बजे नहरको पानी सुकाएर शव बाहिर निकालेको हो ।

मंगलवार राति खाना खाएर सँगै सुतेकी आमा बिहान उठ्दा घरमा नदेखेको र पछि नहरमा शव भेटिएको १५ बर्षिय छोरी रविना सुवेदीले बताईन् । मृतक जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् भाने आमाछोरी पोखरामा डेरामा बस्दै आएका थिए । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ र घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया