बुधवार राती फिर्के खोलाले बगाएका ब्यक्ति शनिवार विहान मृत भेटिएका छन् । कास्कीको कालिकाका २१ बर्षीय सुरविर जिसीको शब पोखरा १७ महतगौडा स्थित फेवा नहरमा भेटिएको प्रहरीले जनाएको छ ।
राती १०:३० बजे पोखराको मालपोत कार्यालय नजिकैबाट खोला पार गर्ने क्रममा ग ६ प ७९२ नम्बरको १८० सिसिको निलो पल्सर मोटरसाईकल सहित बगेका उनी तीन दिन पछि भेटिएका हुन् । मोटरसाईकल विहिवार विहान झण्डै साढे दुई सय मिटर तल भेटिएपनि उनी बेपत्ता थिए । सुरक्षाकर्मी सहितको टोलीले फिर्के खोला सहित फेवातालमा खोजी गरेपनि उनलाई बगाएर सेति नहरमा पुर्याएको प्रहरीले जनाएको छ । उनको शब पश्चिमान्चल क्षत्रिय अस्पताल पोखरामा पोस्ट मार्टम गरि दाहसंस्कार गरिएको छ ।