जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ भाद्र २०७३
  • 10.7K
    Shares

पर्वतको धाइरिङ-३ ठुलोपहिरोमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । ग १ ज ५१०२ नम्बरको जीप सडकबाट झण्डै ६० मिटर तल पल्टिदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ-९ का ५० बषिर्य दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

accident-jeep-dhairing

घाइतेमध्ये रिवाङ-९ कास्कीकी १४ बषिर्या अमृता पुनको अवस्था गम्भिर छ । उनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ । अन्य घाइतेको म्याग्दीमै उपचार भइरहेको छ । पानी परिरहेका बेला घुम्तिमा वे्रक फेल भएर जीप पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया