पोखरा घुम्न आएका भारतीयको अपहरणमा संलग्न दुई पक्राउ

पोखरा घुम्न आएका भारतीयको अपहरणमा संलग्न दुई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ भाद्र २०७३
  • 14.7K
    Shares

घुम्नका लागि  पोखरा आएका भारतीय नागरिक अपहरण गर्ने कार्यमा सम्लग्न दुई पहरणकारी पक्राउ परेका छन् भने अपहरणमा परेका व्हारतिया नागरिकको उद्धार गरेको छ । हाल जिल्ला  प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा भारत उत्तर प्रदेश घर भई पोखरा नयाँ बजार बस्ने कुसेरी र नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय अरुण घले रहेका छन्  । उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल बराकद गरेको छ । घलेलाई अपहरणकारी कुसेरीलाई सहयोग गरेको आरोप लागेको छ  ।

घुम्नका लागि  भदौ ११ गते पोखरा आएका भारतीय नागरिक सोनु भन्ने खुर्सिद अहमद भोलिपल्टै अपरहणमा परेका थिए । अपहरणकारीले उनका दाजुसँग एक करोड मागे । उनीहरुले प्रहरीलाई खबर गरे मार्ने धम्की समेत दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यका अनुसार लेखनाथ नगरपालिका ८ शिशुवास्थित अशोक अधिकारीको घरमा बन्धक बनाएको अवस्थामा अहमदको उद्धार गरिएको हो । उनलाई घरको पछाडिबाट डोरी लगाएर तल झर्दै गरेको अवस्थामा स्थानीय र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो ।

अपहरणकारी कुसेरी अपहरणमा प्रयोग भएको गाडीका चालक हुन् । अपहरणकारी कुसेरीलाई सहयोग गर्ने नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय अरुण घलेलाई पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया