गएराती करिब १० बजेदेखि सुरु भएको आगोले कालिकोट जिल्लाको पलाँता गाँउपालिका १ खाडा गाउका सबै घरहरु जलेर ध्वस्त भएको छ ।
मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास उजाडिए पछि त्यहाका बासिन्दा शोकमा छन्। आगलागी हुँदा ८७ बढी घर, घरका सबै खाद्द्यान्न र गोठमा बाधिएका चौपायाहरू सबै जलेर नष्ट भएको छ । झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको त्यो आगलागी भोलिपल्ट दिउसो १२ बजे मात्र नियन्त्रणमा आएको हो ।
आगो निभाउन गाउँमा न युवा छन् न पानी ।
अधिकांश युवाहरू रोजगारीका लागि कालापाड गएका छन्। गाउँ युवाविहीन छ। गाउमा महिला, वृद्धवृद्धा र केटाकेटीहरू मात्र छन्।
आगलागीमा परि ७ जना स्थानीय घाइते भएको र एकको अबस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीद्वारा खुलेको छ । उनीहरूको उपचार पनि हुन सकेको छैन। परम्परागत शैलीका खरले छाएका छाना भएको १७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएको कार्कीले जानकारी दिए । गाउँमा कसरी आगलागी भयो भन्ने कारण नखुलेको उनको भनाई छ।
मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन्, खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्। कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीको नेतृत्वमा कालिकोटका सम्पूर्ण व्यपारीहरू राहत संकलनमा जुटेका छन्।
