तीन महिने अभियान लिएर क्रान्तिकारी पत्रकार संगठन देशव्यापी जिल्ला दौडाहामा जाने

तीन महिने अभियान लिएर क्रान्तिकारी पत्रकार संगठन देशव्यापी जिल्ला दौडाहामा जाने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ पुष २०७५
  • 6.4K
    Shares

विप्लव नेतृत्वको ने.क.पा. निकट क्रान्तिकारी पत्रकार सगठन नेपाल तीन महिने जनसंचार अभियान लिएर आगामी पुष २० गतेदेखि देशभर जिल्ला दौडाहामा जाने भएको छ ।

बुटवलमा आईतबार सम्पन्न संगठनको केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले यस्तो निर्णय गरेपछि क्रान्तिकारी पत्रकार संगठनका नेताहरु तीन महिने जनसंचार अभियान लिएर आगामी पुष २० गतेदेखि देशभर जिल्ला दौडाहामा जाने भएका हुन् ।

अभियानका क्रममा क्रान्तिकारी पत्रकार संगठनले सदस्यता वितरण, नबिकरण एबम संगठन सुदृढ गर्ने कार्यलाई तिब्रता दिनेछ भने विभिन्न स्थानमा तालीम तथा प्रशिक्षणहरु पनि संचालन गर्ने भएको छ । त्यही क्रममा संगठनले मिडिया नीतिका लागि सुझावहरु पनि संकलन गर्ने छ ।

क्रान्तिकारी पत्रकार संगठनको बैठकले ८ वटा क्षेत्रिय समिति निर्माण गरी संयोजक समेत तोकेको छ ।  बैठकले क्रान्तिकारी पत्रकार संगठन गण्डकी धवलागिरी क्षेत्रिय समन्वय समितिको संयोजकमा पोखराका ओम हमाललाई तोकेको छ भने बागमती-नारायणी क्षेत्रिय समन्वय समिति संयोजकमा बिरगंजका सुदर्शनराज पाण्डेलाई चयन गरेको छ ।  त्यस्तै सल्यानकी टिका केसीलाई भेरी-कर्णाली क्षेत्रिय समन्वय समिति, ताप्लेजुंगका आलोक लिम्बुलाई मेची-कोशी क्षेत्रिय समन्वय समिति, सर्लाहीका कमल सुस्लिंगलाई जनकपुर-सगरमाथा क्षेत्रिय समन्वय समिति, रोल्पाका दिपेश बिस्टलाई लुम्बिनी-राप्ती क्षेत्रिय समन्वय समितिको संयोजक तोकिएको छ ।  यसै गरी काठमाण्डौ उपत्यका क्षेत्रिय समन्वय समिति संयोजकमा काठमाण्डौंका सागर लामालाई तोकिएको छ भने संगठनको केन्द्रीय समिति आफैंले सेती-महाकाली क्षेत्रिय समन्वय समिति हेर्ने तय भएको छ ।  बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पछिल्लो समयको देशब्यापी अभियानले थप उत्साह थपेको बताए । साथै बैठकले पत्रकारको न्युनतम पारिश्रमिकको लागि देशभर आन्दोलन एवम् अभियान सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा संगठनको हालसम्मको स्थिति, यस बिचमा उत्पन्न भएका उतारचढाव, गरिएका संघर्ष र आन्दोलनका बारेमा ब्यापक छलफल गरिएको थियो ।’

सोही बैठकले श्रमजीवी पत्रकार ऐनलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन सरकारसंग जोडदार माग गरेको छ भने समानुपातिक बिज्ञापन नीति बनाएर सबै खाले संचार माध्यमलाई समेट्दै समान तरीकाले बिज्ञापन उपलब्ध गराउन माग गरेको छ l त्यस्तै सरकारी नियुक्ति लिएपछि सरकारको गलत क्रियाकलापको बचाव हुने हुँदा सरकारी निकायमा नियुक्ति लिएका नेपाल पत्रकार महासंघका कार्यकारी पदमा रहेका पदाधिकारीहरुलाई नेपाल पत्रकार माहासंघको कार्यकारी पद वा सरकारी नियुक्तिबाट राजिनामा दिन आग्रह गर्दै यस बिषयमा उचित निर्णय लिएर कार्यान्वयन गर्न क्रान्तिकारी पत्रकार संगठनले नेपाल पत्रकार महासंघसंग जोडदार माग गरेको छ।

बैठकको उद्घाटन ने.क,पा.का प्रबक्ता प्रकाण्डले गरेका थिए ।

प्रतिक्रिया