सर्लाहीमा ब्यापक धरपकड, नेकपाका सर्लाही इन्चार्ज र सेक्रेटरीसहित ६ जना गिरफ्तार

सर्लाहीमा ब्यापक धरपकड, नेकपाका सर्लाही इन्चार्ज र सेक्रेटरीसहित ६ जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ पुष २०७५
  • 8.4K
    Shares

सर्लाहीमा प्रहरीले ब्यापक धरपकड गरेको छ । सर्लाहीको पोखरीयाबाट सोमबार बेलुका विप्लव नेतृत्वका नेकपा सर्लाहीका शिर्षस्थ ६ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको नेकपा सर्लाहीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार, प्रहरीको गिरफ्तारीमा पर्ने नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, सेक्रेटरी राजन बस्नेत, जनप्रतिनिधिसभा सर्लाहीका  सभामुख जनक राउत, लालबहादुर तामाङ,  सिताराम र राम पुकार राम रहेका छन्  । उनीहरुलाई कहाँ राखिएको छ र किन पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया