पुर्व जनमुक्ति सेनाका कमाण्डरहरु नेकपामा प्रवेश गर्ने क्रम तीब्र, कम्युनिष्ट पार्टीको नाममा चलाइएको लुटपाटको प्रतिकार गर्न अनुरोध

पुर्व जनमुक्ति सेनाका कमाण्डरहरु नेकपामा प्रवेश गर्ने क्रम तीब्र, कम्युनिष्ट पार्टीको नाममा चलाइएको लुटपाटको प्रतिकार गर्न अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ मंसिर २०७५
  • 10.1K
    Shares

ओम प्रकाश पुन, पोलिटब्युरो सदस्य, नेकपा

देशमा संघर्ष पेचिलो बन्दै गईरहेको बेलामा सत्तारुढ नेकपामा सक्रिय पुर्व जनमुक्ति सेनाका कमाण्डरहरुले सो पार्टी परित्याग गरी बिद्रोही नेकपामा प्रवेश गर्ने क्रममा तीब्रता आएको छ ।

यसै क्रममा पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत  मंगलबार कैलालीकाे गाैरिगंगा नगरपालिकाको मसुरिया बजारमा नेकपाले आयोजना गरेको बिशाल जनसभामा सत्तारुढ नेकपामा सक्रिय रहेका पांच जना पुर्व जनमुक्ति सेनाका कमाण्डरहरुले सो पार्टी परित्याग गरी बिद्रोही नेकपामा प्रवेश गरेका छन् ।

यसरी बिद्रोही नेकपामा प्रवेश गर्ने पुर्व जनमुक्ति सेनाका कमाण्डरहरुमा जनमुक्ति सेनाका कम्पनी कमान्डर प्रबेश शाही , पलाटुन कमान्डर गाैरब जेठारा, पलाटुन भिसि भागिराम नेपाली , लालबहादुर थापा र सराेज शर्मा रहेका थिए । उनीहरुलाई नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले अबिर लगाएर स्वागत  गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले देशमा दुई-तिहाईको नाममा केपी र प्रचण्डले दलाल पुजिवादकाे घाेडा चढेर समाजवादकाे झुठो सपना जनतामा बाँडेको जिकिर गरे । नेता पुनले हाल नेपालमा केपी र प्रचण्डकाे अगुवाइमा कम्युनिस्ट हुण्डरी अर्थात कम्युनिस्टको नाममा लुटपाट चलाएको भन्दै यसकाे शसक्त प्रतिकार गर्न जनतासंग अनुरोध गरे ।

पार्टीका एरिया सचिव रमेश साउदकाे संचालन र पार्टी एरिया इन्चार्ज सुसिलकाेअध्यक्षतामा सम्पन्न कार्यक्रम पार्टीका एरिया सचिव रमेश साउदले संचालन गरेका थिए भने कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति देखाएका थिए  ।

प्रतिक्रिया