सरकारी गाडीको दुरुपयोग : जन्ती बोक्ने काममा प्रयोग

सरकारी गाडीको दुरुपयोग : जन्ती बोक्ने काममा प्रयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०७५
  • 6.3K
    Shares

बिनय खड्का , बेनी

बिनय खड्का

खानेपाने संस्थान पोखराको सरकारी काम काजको लागि प्रयोग गरिने सवारी आइतवार दिउँसो तीन बजे म्याग्दीको तातोपानी बजारमा जन्ती बोक्दै घुमेको भेटियो ।

खचा खच यात्रुले भरिएको उक्त बा २ झ ३२४९ डबल क्याबिन स्कर्फियो गाडी पोखरादेखि बेनिसम्म जन्ती लिएर आएको थियो । बेनी आएको बेला तातोपानी घुम्न आएको कुरा गाडी चालकले बताए । ट्राफिक नियमविपरीत  यत्तिका मान्छे कोचाएर पोखरा देखि तातोपानीसम्म यसरि आएको त्यो गाडीको चेकजाच भएन वा मिलेमतोमा भएको छ । “नत्रभने नियमकानुन ठूला र पहुँचवालालाइ नलाग्ने गरिब निमुखा जनतालाई मात्रै लाग्ने नहोस, समान हुनुपर्छ”  स्थानीयको आक्रोश छ ।

प्रतिक्रिया