नकुल चौलागाईं
काठमाण्डौँ । साउथ एसिया प्यासिफिक समिट भन्ने संस्था इसाईको भनेर जति चर्चा गरे पनि यो इसाई धर्म प्रचार गर्ने संस्था नभै नेपालमा रहेको सोझा झा साझा इसाई माथी कलङकको बिजारोपन गर्ने ,धार्मिक समुदायमा द्धन्द निम्ताउने काम गरिरहेको भनेर चौतर्फी आलोचना गरिएको पाइन्छ यस सम्मेलनको आयोजक भने बिदेशी हुनु र सहआयोजक नेपाललाई बनाउनु नै बिदेशीहरुको हेपाहाप्रवृति भएको आम जनताको जन चासोको बिषय बनेको छ।
यस संस्थाका अध्यक्ष एबम पूर्वमन्त्री एकनाथ ढकाल हुन । उनी गत निर्वाचनमा जमानत जफत भएको परिवार दलका अध्यक्ष पनि हुन् । उनी नेपालका असल इसाई भनेर जतिनै भ्रमपुर्ण प्रचार गरे पनि उनी नेपालमा रहेक इसाईहरुको हकहितका लागि काम नगरेको देखिन्छ उनको साँठगाँठ भनेको बिदेशी सहायता तिर लागेको आम सोझासाझा इसाइको आलोचना छ ।
यो अन्तरराष्ट्रिय गैरसरकारीसंस्थाका संस्थापक हुन् कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र विवादित व्यक्ति सन म्युङ मून । उनको निधन सन् २०१२ मा निधन भएको थियो । झुटो मुनको सञ्जाल जापान, उत्तर कोरिया, दक्षिण कोरियादेखि संसारभर फैलिएको पाइन्छ उक्त सस्थाका मान्छे कोरियाली मिसनरी नेपाल आएरु बाइबलबारे भ्रमपुर्ण प्रचार गरेको पाइन्छ
बाइबल लाई नयाँ पुरानो गरी दुई खण्डमा बिभाजन गरे पनि हालका इसाईले पुरानो करार भन्दा पनि नयाँ करारलाई पछ्याउने गरेको पाइन्छ पुरानो करारमा येशू ख्रीष्ट यस संसारमा नआउँदाको करार हो, पुरानो करारको नियम विधि विधानलाई मान्न निकै कठिन परेकोले परमेश्वरले एक मौका नयाँ करारलाई मान्न दिएको बिश्वास इसाईहरुको छ । हाल नेपालमा इसाईको नाम लिएर आङसाङ हुङ योहबाका साक्षीले अधिकतम राज गरिरहेको पाइन्छ । उनिहरुले जनताको घर दैलो ढक्ढकाउदै चुनावमा भोट मागे जसरी सोझा साझा जनतालाई प्रलोभनमा पारी रहेको पाइन्छ जनताले हामी धर्म प्रचारको कुरा सुन्दैनौ तपाईं जानुहोस भन्दा पनि जर्वजस्ती बाइबल विरुद्धको कु प्रचार गरेको तथ्य धेरै ठाउँमा पाइन्छ ।
बाइबलका केही शब्द लिई त्यसलाई बङगाई दुनियाँलाई भ्रमपुर्ण जालोमा फसाएर सोझा साझा इसाईको विश्वासलाई तहसनहस गरेको पाइन्छ । पिता पुत्र पवित्र आत्मा त्रिएकलाई नै सत्य परमेश्वर हुन भन्नेहरु चाहिँ सत्य बाइवल लाई नै मानेको दाबी गर्छन् उनीहरु चर्च जाने र बाइवल लाई कुनैपनि रुपैयाँ पैसामा बेच्न नहुने अरुले मानेका धर्मको पनि कसैको बिरोध गर्नु हुदैन भनेर दाबी गरेको पाइन्छ । उनिहरुले प्रचार गर्ने कुरा बाइवलको नभै आफ्नै तरिकाले प्रचार गरेको पाइन्छ मृत्युपछि मुनको साम्राज्य हाल उनकी श्रीमती र सन्तानहरूले सम्हाल्दै आएका छन् ।
मुनकी श्रीमती तथा युनिफिकेशन चर्चकी प्रमुख हक जा हन मुन विहिबार नै काठमाडौं आइपुगेकी छिन् । उनी आफुलाई क्रिश्चियन धर्मको प्रभावशाली दाबी गरे पनि यसको सत्य र ठोस प्रमाण भने पाउन सकिन्न यो अझै बिवादास्पद कुरा भएको अन्य असल इसाईको दाबी छ । मुनले सञ्चालन गरेको युनिफिकेसन चर्च शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान हो । जिसस क्राइष्टले आफ्ना अधुरा काम गर्न आफूलाई खटाएको दावी उनी गर्छिन । उनका अनुयायीहरूले जीवन साथी चुन्ने अधिकार उनलाई छाडिदिन्छन् । नवविवाहित दम्पतिले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि बसेर निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने निर्देशन उनी दिन्थे ।
यो संस्थाले सोझा साझा इसाईको नाम लिई भ्रमपुर्ण बाइबल विरुद्धको प्रचार गरेको हुँदा हामिले मान्दै आएको त्रिएक परमेश्वरलाई विभिन्न पैसा र डलरको खेतिमा पवित्र बाइवललाई नबिकाउन इसाइहरुको सुझाव रहेको पाइन्छ ।यो साउथ एसियाका प्यासिफिक समिटले काठमाडौंमा गरेको तीन दिने समेलनको चारै तिर चौतर्फी आलोचना भैरहेको र धार्मिक द्वन्द भड्किलो बनाउन खोजेको आरोप पनि गै र इसाइहरुको दाबी छ ।