कुनकुन राजतन्त्रको बिरोध गरु खै !!
राजतन्त्रले बिगारे
राजतन्त्रले सिध्याए
त्यसैले जनताको राज आयो रे
तर जनताले त नयाँ राजाहरु चुनेछन
आफैलाई रित्याउन
आफैलाई सिध्याउन
नयाँ मुखिया ,जिम्मुवाल
चुने जस्तै भएको छ
देश अहिले तिनकै रमितामा रमेको छ
कतै जयजयकार छ
कतै मुर्दाबाद छ
सरकारमा,संसदमा,स्थानीय निकायमा
जतासुकै राजाहरु मात्र देख्छु
पुरानाले भन्दा ज्यादा खरानी घसेका
जनजनलाई लुट्न दाह्रा कसेका
नब राजाहरुको जो बिगबिगी छ
त्यसिले म चाहिँ रन्थनिएको छु
भन न मित्रहरू
कुनकुन राजतन्त्रको बिरोध गरु ??
माहादिप पोख्रेल