यी कंगाल ,झुपडीको चिसो भुईमा निदाउछन कसरी- माहादिप पोख्रेल

यी कंगाल ,झुपडीको चिसो भुईमा निदाउछन कसरी- माहादिप पोख्रेल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० असोज २०७५
  • 20.1K
    Shares

कसरी ??
******
महल भित्रको मखमली बिछ्यौनामा निन्द्रा छैन मलाई
तर यी कंगाल ,झुपडीको चिसो भुईमा निदाउछन कसरी
दिनहुँ भोजमा चौरासी ब्यन्जन मीठो लाग्दैन मलाई
तर यी कंगाल ,नुन-च्युरा,ढिडो-खुर्सानी खान्छन कसरी
नाफा-घाटा,तल-माथी सोच्दा सोच्दै,शान्ती छैन मलाई
तर यी कंगाल ,मज्जा सँग ढुक्कले हास्छन कसरी
ब्लड प्रेसर,युरिक एसिड ,सुगरले थला पारेको छ मलाई
तर यी कंगाल , खुशी- खुशी बाच्छन/नाच्छन कसरी
धन-सम्पत्ती,सुबिधा र मान-सम्मानले सुख छैन मलाई
तर यी कंगाल ,म भन्दा खुशी देख्छु ,भनन- कसरी??

 

प्रतिक्रिया