कालापानीमा भारतीय अर्द्धसैनिक बल किन बस्यो : फणिन्द्र नेपाल

कालापानीमा भारतीय अर्द्धसैनिक बल किन बस्यो : फणिन्द्र नेपाल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ असोज २०७५
  • 18.8K
    Shares

फडिन्द्र नेपाल

नेपाली सेनाको कामकार्बाहीप्रति असन्तुष्टि पोख्ने मेरो शैली देखेर सेनाको जङ्गी अड्डा र छाउनीमा मेरो अालोचना हुनु अत्यन्तै स्वाभाविक कुरा हो । तर मेरो अाशय नेपाली सेनाको तेजोबध र बद्नाम गर्ने नभएर उसको ऐतिहासिक छवि नधमिलियोस् भन्ने हो । म नेपाली सेनाको अालोचक अवश्य हुँ तर यससँगै म उसको हार्दिक र असाधारण प्रशंसक पनि हुँ ।
तर यस सम्बन्धमा मेरा केही सर्तहरू छन् र ती सर्तहरू सेनाको वीर चरित्रका सन्दर्भसँग कसिलो गरी जोडिएका छन् ।
`काँतर हुनुभन्दा मर्नु बेस´ हिजो नेपाली सेनाको ध्यान र ध्येयमात्र होइन मुख्य परिचायक पनि थियोे । कतै यो एकादेशको कथा त बनिरहेको छैन ! भन्ने चिन्ता सचेत नागरिकलाई लाग्छ भने नेपाली सेनाले यसलाई अन्यथा भन्न मिल्दैन ।

लिम्पियाधुरा नेपालको नक्साबाट कहिले हट्यो र कालापानीमा भारतीय अर्द्धसैनिक बल किन बस्यो भन्ने प्रश्नको उत्तर नपाउँदा सेनाको खुकुरीको धारमा खिया त लागेन ! भन्ने अाशङ्का नेपाली जनमनमा उब्जिन्छ भने सेनाले त्यसलाई स्वाभाविक मान्नुपर्छ । अनि नेपाली जनतालाई उसले विश्वास दिलाउनुपर्छ कि नेपालको सुरक्षाप्रति नेपाली सेना साँच्चै समर्पित छ र उसको काखमा नेपाली जनता सन्चोसँग निदाउन सक्छन् ।
र वास्तवमै हाम्रो सेना नेपाली जनताको सेना बनोस् । अनि कालापानीबाट भारतीय अर्द्धसैनिक बललाई धपाउन सफल होअोस् । कम्तीमा नेपाल अामाको छातीमा विदेशी सेना परेड खेल्छ भन्ने कसैले सुन्नुनपरोस् । @phanindra nepal को फेसबुक वालबाट

प्रतिक्रिया