आज हुने भनिएको कास्की जिल्ला ब्यापी शैक्षिक् हडताल फिर्ता भएको छ । भित्तेलेक्हब गर्दै गर्दा गिरफ्तारीमा परी प्रहरी हिरासतमा रहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार साधारण तारेखमा छाडेपछि शैक्षिक् हडताल फिर्ता भएको हो ।
अखिल नेपाल बिद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य मनिष भट्टराई, अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष सम्झना परियार र अखिल (क्रान्तिकारी) कास्कीका अघ्यक्ष काजी गुरुङले एक संयुक्त बिज्ञप्ति जारी गरी शैक्षिक् हड्ताल फिर्ता भएको जानकारी दिएका छन् l
भित्तेलेखन गरिरहेका ६ जनालाई कास्की प्रहरीले गिरफ्तार गरेपछि आक्रोशित बिद्यार्थी संगठनहरुले आज कास्की जिल्ला ब्यापी शैक्षिक् हडताल आव्हान गरेका थिए ।
निर्मला पन्तलाई वलात्कार गरी हत्या गर्ने हत्यारालाई कारवाहीको माग राख्दै भित्तेलेखन गरिरहेका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले शनिबार दिउँसो पोखराबाट गिरफ्तार गरेको थियो ।
प्रहरीको गिरफ्तारीमा पर्ने नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपा कास्कीका सदस्य रविन्द्र राई, अखिल क्रान्तिकारी कास्कीका सचिव पवन पुन, सदस्यहरू सुर्य गुरूङ, गगन परियार, उज्ज्वन पुन तथा अखिल क्रान्तिकारी भद्रकाली उच्च्च मावि इकाई सचिव सागर विक रहेका छन् । उनीहरुले पाेखरा अाैद्याेगिक क्षेत्र नजिकको पर्खालमा “हत्या हिँसा बन्द गर l निर्मला पन्तका हत्यारालाई करवाही गर ” जस्ता नाराहरु लेखिरहेका थिए l