नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कास्की र पर्वतको सीमामा तिब्र, जनप्रतिनिधिकै घरमा जनभेला

नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कास्की र पर्वतको सीमामा तिब्र, जनप्रतिनिधिकै घरमा जनभेला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ असोज २०७५
  • 22.4K
    Shares

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने अन्तरगत गण्डक क्षेत्रमा सहिद तथा बेपत्ता परिवार, उत्पीडित क्षेत्र-समुदाय, महङ्गि र करले थिचिएका जनतासङ्ग भेटघाट, छलफल, अन्तरक्रिया गर्ने कार्यलाई तिब्रता दिएको छ भने सोही क्रममा  सङ्गठन सुदृढीकरण तथा बिस्तार गर्ने कामलाई निरन्तरता दिईरहेको छ।

यसै क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलो, चोक, आँगनसम्म पुगेर जनताको समस्याहरु बुझ्ने र सम्भब भएका समस्याका समाधान गर्ने गरिएको र अभियान उद्देस्यमा उपलब्धिमुलक रहेको कास्की र पर्वत जिल्लाको सीमा क्षेत्रमा अभियानको नेतृत्व गरिरहेका नेकपा तनहुँका इन्चार्ज पूर्णजित पुन ‘उवार’ले जानकारी दिएका छन् ।

सो अभियान पर्बत जिल्लाको विभिन्न भाग को अभियान सकेर कास्की जिल्ला प्रवेश गरि अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, लुम्ले माझगाउ ,ह्वारी ,भिचुक हुँदै लान्द्रुक मा तिब्र गतिमा चलिरहेको छ ।

अभियान टोलीले अन्नपूर्ण गाउँपालिका वार्ड न ७ माझ्गाउ मा रहनुभएका सहिद टीका बि क र बेपता खिमबहादुर बिकको परिवारजन सङ्ग भेटघाट गरेको छ भने सोही गाउँपालिकाको  वडा न ७ भिचुकका वडा सदस्य चिजा बि क को घरमै जनभेला गरि अन्तर्कृया तथा सगठन निर्माण गरेको छ। सो जनाभेलाले अर्जुन घर्ती मगरको अध्यक्षतामा ७ सदस्यीय निर्माण मजदुर सगठन निर्माण गरेको छ ।

नेकपा अन्नपूर्ण गाउपालिकाको अभियान तीब्र गतिमा अगाडि बढिरहेको छ। अभियानका क्रममा दलाल सरकारले लिइ रहेको कर फिर्ता, महगी नियन्त्रण ,भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण ,गिरफ्तार कमरेड हरुको बिना सर्त रिहाई लगायतका भितेलेखन गरिएको छ ।

अन्नपूर्ण गाउपालिकाको माझगाउमा बिष्णु बि कको अध्यक्षतमा ७ सद्स्यिय दलित मुक्ति मोर्चा ,अर्जुन बि क प्रमुख रहेको ७ सदस्यीय योङ रेड फोर्स, अन्नपूर्ण गाउपालिका-७ भिचुक मा थमन गोतामे अध्यक्ष रहेको ९ सदस्यीय दलित मुक्ति मोर्चा ,बिद्या परियार अध्यक्ष रहेको ७ सदस्यीय योङ रेड फोर्स गठन भएको छ।

प्रतिक्रिया