मलेसियामा विषाक्त मदिराका कारणज्यान गुमाउॅदै नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै

मलेसियामा विषाक्त मदिराका कारणज्यान गुमाउॅदै नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ असोज २०७५
  • 22.1K
    Shares

काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।

रातोपाटि/ मदन ढुङ्गाना

प्रतिक्रिया