पुष्पा हत्याकाण्डबारे छानबिन प्रभावकारी भएन, पिडितले न्याय नपाएसम्म अान्दाेलन जारी रहन्छः संयुक्त बिद्यार्थी संगठन

पुष्पा हत्याकाण्डबारे छानबिन प्रभावकारी भएन, पिडितले न्याय नपाएसम्म अान्दाेलन जारी रहन्छः संयुक्त बिद्यार्थी संगठन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ भाद्र २०७५
  • 9.7K
    Shares

कास्कीमा सक्रिय ४ विद्यार्थी संगठनले पुष्पा के.सी काे हत्यामा संलग्नलाइ तत्काल सार्वजनिक गर्न माग गरेका छन् । अाज संयुक्त विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गरी परिवारले आज शब बुझे पनि हत्याराकाे पहिचान गरि सत्य तथ्य पत्ता नलगाउदा सम्म कुनै पनि हालतमा आन्दोलन नरोक्ने बताएका छन् ।

पत्रकार भेटघाटमा बोल्दै नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की जिल्ला सचीव आस्था नेपालीले देशमा अहिले बलात्कार, हत्या हिंसा जस्ता ङटनामा बृद्दि हुँदै गएकाे अवस्थामा पनि सरकारले ठाेस कदम नचालेकेा भन्दै बिराेध गरिन्।

मुलुककाे राष्ट्रप्रमुख देखि बिभिन्न उच्च अाेहदामा रहेका महिलाहरू पनि महिलामाथि भइरहेका हिंसा बलात्कार, हत्या जस्ता बिषयमा  मौन बस्नु अाश्चर्यजनक भएकाे बताइन् । उनले भनिन्, देशमा अहिले बलात्कार, हत्या हिंसा बढीरहदा राष्ट्रपति विद्या देवि भण्डारी, बिना मगर, पद्मा अर्यालहरु किन मौन छन्, राज्य किन मौन छ, जनप्रतिनिधि किन मौन छन, अरु विद्यार्थी संगठन किन केही बोल्दैन्न, मानव अधिकार कर्मी, नागरिक समाज किन यी विषयमा चासो देखाएका छैनन् ?

शान्ति पुर्ण सभा गर्दा प्रहरीले समेत अान्दाेलन नगर्न दबाब दिएकाे र त्यसप्रति अाफुहरूकाे गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले भनिन्, प्रहरी प्रशासनले घटनाबारे निश्पक्ष छानबिन गर्न नसके संयुक्त विद्यार्थीले गर्छ हस्तान्तरण गर्दा हुन्छ संयुक्त विद्यार्थीले यस्को छानबिन गर्छ ।

यस्तै नयाँ शक्ति विद्यार्थी युनियनका कास्की जिल्ला संयोजक विशाल तिमिल्सिनाले पुष्पाकाे शव परिवारले बुझेर अन्चतिम संस्कार गरेपनि उनका हत्यारा पत्ता नलागेसम्म अाफुहरूकाे अान्दाेलन नराेकिने बताए ।

अखिल (छैठौं) कास्कीका कोषाध्यक्ष इन्द्र मणि पाण्डेले पनि  पुष्पालाइ न्याय दिलाएरै छाड्ने प्रतिबद्वता जनाए ।

पत्रकार सम्मेलनमा बैध निकट अखिल(क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष सम्झना परियारले देशै भरी यस्तो घटना घट्नु र दिनमा नै ३/४ वटा यस्तो घटना घट्नु यो सामान्य बिषय नभएकाेभन्दै यसलाइ सामान्य रुपमा नलिइदिन पनि उनिले अपिल गरिन ।

प्रतिक्रिया