महोत्तरीमा बालक मृत फेला, अर्की बालिका वेपत्ता

महोत्तरीमा बालक मृत फेला, अर्की बालिका वेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ भाद्र २०७५
  • 9.4K
    Shares

बर्दिबास – महोत्तरीमा आइतबार बेलुका एक बालक मृत फेला परेका छन् ।

नामथर र ठेगाना  खुल्न नसकेका अन्दाजी ७/८महिनाका बालकको शव महोत्तरीको भंगहा नगरपालिका ४ मा फेला परेको हो ।

आइतबार बेलुका रातुखोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच महोत्तरीको औरही नगरपालिका १ घर भएका सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली कुमारी आइतबार बेलुकादेखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

औरही बजारमा कस्मेटिक पसल गर्दै आएका चौधरीकी  श्रीमतीले सोनालीलाई पसलमै राखेर खेलाउदै कस्मेटिकका सामान बिक्री गरिरहेकी थिइन् । सामान बेच्ने क्रममा उनी व्यस्त भएपछि एक्कासी सोनाली हराएको महोत्तरी प्रहरीले जनाएको छ । दुवै घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताइएको छ ।

प्रतिक्रिया