यूएईमा ४ जना पत्रकार सम्मानित

यूएईमा ४ जना पत्रकार सम्मानित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ बैशाख २०७५
  • 8.6K
    Shares

यूएई । यूएईमा रोजगारका साथै सामाजिक पत्रकारिता गरिरहेका ४ जना पत्रकारलाई ताप्लेजुङ समाजसेवा यूएईले सम्मान गरेको छ ।

सहित ४ जनालाई सम्मान गरिएको हो ।

 

संस्थाको प्रथम वार्षिक उत्सवका अवसरमा संस्थाको विभिन्न गतिबिधि सम्प्रेषणमा सहयोग गरेको भन्दै  रामप्रसाद ढुंगेल ,रुपेश अधिकारी, डिल्ली हुमागाई र पिथृछक बुढालाई सम्मान गरेको हो ।

संस्थाकी कार्यवहाक अध्यक्ष सोनी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन यूएईका महासचिव कृष्ण पौडेल, नेपाली समाजका अध्यक्ष सीपी सापकोटा, झापाली समाज यूएईका अध्यक्ष अशोक चापागाईं, नवलपरासी समाज लगायतका संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

कार्यक्रममा एनआरएनए यूएईका महासचिव कृष्ण पौडेल, झापाली समाजका अध्यक्ष अशोक चापागाई,ताप्लेजुङ समाजका संरक्षक निमा छिरिङ् शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।

संस्थाका कोषाध्यक्ष बुद्ध लिङदेनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य केन्द्रिय सदस्य घनेन्द्र खतिवडाले गरेका थिए ।

कार्यक्रममा ताप्लेजुङको संस्कृति झल्काउने धान नाच,च्याब्रुंग नाच प्रस्तुत गरिएको थियो । यस्तै गायक पासश लामा, धनपति बराल लगायतले गीत प्रस्तुत गरेका थिए ।

यस्तै संस्थाले आगामी कार्यकालका लागि कार्यवाहक अध्यक्ष साेनी भण्डारीलाई अध्यक्षमा चयन गर्दै पुरानै समितिलाई निरन्तरता दिएको छ ।

 

यसैबीच यूएईमा ब्लडमनीको केस पूरा गरेर नेपाल फर्कन लागेका झापा शनिअर्जुन नगरपालिकाका लोकेश खतिवडालाई झापाली समाज, यूएई, ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङखोल्याङले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ समाजले १४ सय ५ दिराम (४० हजार रुपयाँ), प्रवासी एकता समाज नाङखोल्याङकको पहलमा विभिन्न देशबाट संकलित ३६ सय दिराम (१ लाख २ हजार रुपयाँ) सहयोग गरेको हो ।

सामाजिक संजालमा समूह बनाएर नाङखोल्याङकको पहलमा कतार, मलेशिया, साउदी अरव, कुवेत र युएईमा रहेको प्रवासी एकता समाजबाट संकलित रकम हस्तान्तरण गरिएको प्रवासी एकता समाज नाङखोल्याङकका केन्द्रीय अध्यक्ष घनेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार लोकेशको जन्मभूमि ताप्लेजुङ भएकाले त्यहाँका आफन्तमार्फत विभिन्न देशबाट सहयोग जुटेको हो । अनलाईनखबर

प्रतिक्रिया