न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपालीले नववर्ष २०७५ मनाए

न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपालीले नववर्ष २०७५ मनाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ बैशाख २०७५
  • 15K
    Shares

नेपाली नव बर्ष २०७५ को अवसरमा नेपाली समाज वेलइंगटनले न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपाली सास्कृतिक कार्यकम तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो l   कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लस रहेका थिए l सो अवसरमा मेयर वाल्लसले नेपालीहरुले न्युजिल्यान्डको बिकाशमा सहयोग गरेकोमा खुशी प्रकट गरे l

सो कार्यक्रममा समाजलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो |

कार्यक्रम त्रिभुवन श्रेष्ठको सभापतित्योमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन नबजीब ढुंगानाले गर्नु भएको थियो | दुई सयभन्दा बढी नेपाली तथा बिदेशी नागरिकहरु सहभागी भएको सो कार्यक्रममा न्युजिल्यान्डका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो |.

कम मात्रामा नेपाली रहेको ठाउँमा यस्तो कार्यक्रम भएकोमा उपस्थित नेपाली समुदायले खुशी प्रकट गरेको न्युजिल्यान्डको राजधानी वेलइंगटनबाट  नबजीब ढुंगानाले जानकारी दिएका छन् |

 

 

प्रतिक्रिया