रियोमा लुटिएको अमेरिकी पौडीबाजको दाबी झुटो सावित

रियोमा लुटिएको अमेरिकी पौडीबाजको दाबी झुटो सावित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ भाद्र २०७३
  • 13K
    Shares

रियो ओलम्पिकमा स्वर्ण जितेका अमेरिकी पौडीबाजहरु ब्राजिलमा लुटिएको खबरले केही समय पहिले निकै चर्चा पायो । रायन लोच्टे र जेमी फाइगनले भनेका थिए कि बन्दुक देखाएर लुटियो । तर, उनीहरुको यो झुट धेरै दिन टिक्न सकेन । सीसीटीभी फुटेजले उनीहरुको दाबीलाई गलत सावित गरिदियो ।

लोच्टे सोेमबार अमेरिकी फर्किए । गुनार बेन्टज र ज्याक कोन्गेर अमेरिका उड्ने तयारीमा रहेका बेला रियोमा रोकिए । पछि उनीहरुलाई जान दिइयो । तर, लुटिएको उनीहरुको दाबी गलत सावित भएपछि अमेरिकाको ओलम्पिक कमिटीले माफी मागेको छ ।

आफ्ना पौडीबाजको ‘अस्वीकार्य व्यवहार’का लागि उसले माफी मागेको हो । र, उसले खेलाडीहरुको व्यवहार अमेरिकी ओलम्पिक टिमको मूल्य विपरित भएको बताएको छ ।

रियोमा पुलिसले अहिलेसम्मा तीन स्वर्ण पदक विजेता पौडीबाजसँग सोधपुछ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरु पीडित होइनन र उनीहरुसँग केही गलत भएको छैन । रियो प्रहरी प्रमुखले भनेका छन्, चारै पौडीबाज मध्ये कसैसँग पनि कुनै अपि्रय पा लुट जस्तो घटना भएको छैन ।’

उनका अनुसार उनीहरु मध्ये एक वा दुईले पेट्रोल स्टेशनको शौचालयमा तोडफोड गरेको र सुरक्षा गार्डले हस्तक्षेप गरेपछि जरिवाना तिराइएको थियो । यति मात्र होइन, आपत्तिजनक व्यवहार देखाएपछि नियन्त्रणमा लिन सुरक्षागार्डले बन्दुक ताक्नु परेको थियो ।

प्रतिक्रिया