सिरियाको खरानीमा नेपाली आँशुको रमिता

सिरियाको खरानीमा नेपाली आँशुको रमिता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ फाल्गुन २०७४
  • 27.4K
    Shares

अरब जागरणबाट हौसिएका एकाध यूवालाई देशको दक्षिणी शहर दाराआ बाट नियन्त्रणमा लिंदा सिरियाली सरकारले त्यसको आगो लाखौं जनताको रगत र देशको बर्बादीबाट चुकाउन पर्ला भने सायद कल्पना गरेको थिएन। बेरोजगारी, भ्रष्टाचार र राजनीतिक स्वतन्त्रताको माग गर्दै यूवाहरुको एउटा सानो समूहले उठाएको आन्दोलनको झिल्कोले सिरियालाई विश्व हतियारको क्रिडास्थल, विश्वका सबैखाले आतंकवादको ट्रान्जिट र शक्तिशाली देशहरुको समेत खेलमैदान बनाउला भनेर कसले सोच्थ्यो रु तर आजको सिरियाको दर्दनाक र भयानक तस्वीर इतिहासका सबैखाले विभत्स दृष्यलाई प्रतिस्थापन गर्ने बाटोमा छ। सिरिया रासायनिक, जैविक, मानवीय, परमाणु सबैखाले हतियारको प्रयोगको संघार हुँदै मृत्युको खेलस्थल बन्दैछ।

पचास वर्षदेखि सिरियामा आफ्नो पुस्तौनी राज चलाउँदै आएको बसार अल असदको नेतृत्व लाखौं लाशहरुको खातमा थिउभिएर सत्ता बचाउन देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बनाउन बाध्यछ। सत्ता टिकाउन बिदेशी बोलाउँदा असरले भोग्नुपरेको यो नियति हामी नेपालीलाई भोलीकालागि गतिलो शिक्षा हुन्छ।

यो सात वर्षमा हामी नेपालीले बाग्मतीमा पानी धेरै बगिसक्यो भन्ने थेगो प्रयोग गरेजस्तै सिरियामा पनि रगतको धेरै बाग्मती बगिसकेको छ। र, भूगोलमा नेपाल भन्दा थोरै मात्र ठूलो यो देश दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो नरसंहारस्थल बन्ने भयानक बाटोमा छ। सँगै सिरियामा मिलामा सिरिया मात्र ध्वस्त हुँदैछै न विश्वका आणविक हतियार सम्पन्न राष्ट्रहरु समेतको बढ्दो ध्रुवीकरणले हरेक दिन नयाँ नयाँ तर भयानक सम्भावनाहरुको ढोका खोलिरहेको छ।
हाफेज अल असदका उत्तराधिकारी हुँदा देखिनै देशको गरिबी, भ्रष्टाचार, अपारदर्शिता र निर्विकल्प राजनीतिक बाटो पनि विरासतको रुपमा लिएर आएका शाषक हुन् अलअसद। यही थिम विरुद्ध जागेको हो विद्रोह। त्यही विद्रोहलाई विदेशी सहयोगमा संचालित आतंकवादको नाम दिएर दमनमा उत्रिएको होसिरियायी सेना । र, अरबमा अड्डा जमाउने सबै खाले पश्चिमा स्वार्थले यही परिस्थतिलाई अवसरको रुपमा उपयोग गरेको हो।

सुन्नी मुसलमान बहूल सिरियामा शिया समुदायका असदको सत्ताकै निरन्तरता उसै पनि आतंकको निशानामा थियो। त्यही भयो जो नुहुन पर्ने थियो । जेहादको नाममा रगतको होली माउत्सव मनाउनेहरुले गज्जबको अवसरलार्ई किञ्चित खेर जान दिएन तर सिरिया अन्ततः रोजाईको भव्य युद्धस्थल बन्यो ।

क्रमशः सिरियाको विद्रोह विद्रोह रहेन। सिरियाली विद्रोह आतंकवादी संगठनहरुको हतियार बन्दै गयो । दुई वर्षमा दर्जनौं अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल सिरियाका शहरहरु आफूले कब्जा गरिएको घोषणा गर्नथाले । र, यहींबाट हतियारको विश्व बजार जुरुक्कै उठ्यो । इरान, रुस, साउदीअरब, अमेरिका, टर्कीदेखि अन्तराष्ट्रिय समुदाय सिरियाको संहारको कसले बढी हिस्सा लिने भन्ने दौडमा लागे। शक्तिशाली देशहरुका लागि सिरियाको विषय अब राजनीतिक समर्थनको मात्र मुद्दा रहेन, सैनिक परेड, आर्थिक लगानी, हतियारको आपूर्ति सबैकालागि सिरिया स्वर्ग बन्यो। निरुपाय सिरियालार्ई नरक बनाउन यो भन्दा अरु के नै चाहिन्छ र रु
मृत बालबालिकाको तस्वीर सामाजिक सञ्जालमा टाँसेर बकम्फुसको कोकोहोलो मच्चाउने धेरै नेपाली अनेक भ्रममा छन्। सिरियाली युद्धमा आतंकवादी संगठन अलकायदाको भगिनीजस्तै समूह अलनुसरा फ्रन्टले सिरियाको शहरहरुमा कब्जा जमाउँदै मृतकको शवहरु बोकेर नाचिरहेको हिजोका दृष्य धेरैले बिर्सिसके। सरकारी सेना, बिद्रोही राजनीतिक समूह, कुर्द आतंकवादी, रुसी आक्रमण र अमेरिकी गठबन्धनको सैनिक हस्तक्षेप। अनि कहाँ बच्छ सिरिया रु रुसले साथ नदिएको भए सिरियालाई उहिल्यै अमेरिकी गठबन्धन र आतंकवादी समूहले खरानी बनाइसकेको हुन्थ्यो। र, अमेरिकी स्वार्थमा पानी हाल्न सिरियालाई इरानले समेत जबरजस्त साथ नदिएको भए दृष्य अर्कै हुन्थ्यो । र, अमेरिकाको जीतमा इरानको पतन पनि त अवश्यंभावीछ भनेर आजै भन्दा के फरक पर्छ र इरान र सिरियाका शिया मुसलमान विरुद्ध चाहेजति खर्च गर्ने साउदी अरबको अतिवादी सोचबाट निर्देशित दर्जनौं समूह उसैपनि खरानीको टीका लाएर रगतको होली खेल्ने भइहाले । त्यसैले जहाँ असदको सरकार त्यही साउदीका विद्रोहीको हतियारको निरन्तरतानै आजको सिरियाको नियति पनि हो। हामीले दैनिक देख्ने गरेको विभत्स तस्वीरहरु असदको सरकार विरुद्ध हतियार बोकेर हिंड्ने टर्की समर्थित समूह र अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएस जसलाई साउदी अरबले समेत आर्थिक सहयोग गरिरहेको छ भनिन्छ, उसको पनि उत्तिकै हिस्सा छ ।

यिनै अन्तर्राष्ट्रिय स्वार्थको भूमरीबाट तत्काल निस्कन सिरियालाई सम्भव छैन । किनकि, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा समेत विभाजन आइसकेको छ। मानवीय सहायताका लागि एक महिने युद्ध विरामको प्रस्ताव ले समेत प्रस्ताव गरेको दिन हावाखानु अनर्थको विषय हो । र, यो अनर्थको विषयको गहिराईमा नपुगी कोकोहोलो मच्चाउने फेसबुके नेपाली समुदाय विछट्टै अपूर्व छन् । यिनलाई अहिले सिरिया मामिलामा रुस र अमेरिका सम्मिलित नेटो सैनिक नै विभाजित छ भन्यो भने अथवा आतंकवादी संगठन अलकायदा र आइएसको चपेटाले सिरियाको खरानी फैलिरहेको भन्यो भने उनीहरु प्रजातन्त्रको गीतमात्र गाउँछन्, अरु सुन्न फुर्सद छैन। मानवताको हवाला दिएर तिनलाई साम्राज्यवाद र अमेरिकाको विरोध गर्नुमा बहूत आनन्द लाग्छ । अनि साम्यवादका मिठा स्वरमा गीतहरुमा धून भर्छन पनि तिनै । सात वर्ष सम्म नचिलाएको लुतो नेपालीलाई अहिले अचम्मले चिलाउनु पनि अचम्मै छ।

सिरियाको संस्थापन पक्षलाई सघाउ पुर्याइरहेको रुसको दाया वाया इरान र चीन पनि उत्तिकै बलिया छन् भनेर भन्न किन डरमान्नु । अनि फेरि उही शिया र सुन्नी समुदायका कुरा यहाँ किन दोहोर्याउनु रु अमेरिका त स्वार्थ र अर्थको खेलाडी हो। इन्धनको स्रोत साधनमा उसको आफ्नै स्वार्थछ र सिरिया रणनीतिक महत्वको देश हो। यसमा बेलायतको साथ भाइको जस्तै छ । र , शत्रु करार गरिएको असदको सत्ताविरुद्ध साउदी अरब छ जो अमेरिकी कित्तामा छ । र, यही कित्ताको भित्री तहमा कतार र यूएई समेत पर्दछन्। सिरियामा आइएसको पकड भए भोली इरानलाई सहजै सिध्याउन सकिन्छ भन्ने यो अन्तर्राष्ट्रिय खेलको मैदान हो आजको सिरिया। अहिलेलाई यत्ति बुझ्दा मात्र पनि पर्याप्त हुन्छ कि तेल राजनीतिको मिहीनता सिरिया मामिलाको अर्को ठूलो कडी हो ।

दाइजो र बोक्सी प्रथा जस्ता प्रेतवादबाट मारिएका नेपाली महिलाको ब्यथाले भन्दा सिरियाली रक्तपातले पोल्छ । यिनलाइ कर्णाली होइन दमास्कस दुख्छ। यिनलाइ नौवस्ता होइन सिरियाको राका दुख्छ। यिनलाइ गोपाल पराजुलीको अदालती प्रशासन भन्दा आसादको पीरछ । यिनलाइ खण्डहर रानीपोखरीको भन्दा बग्दादको बारुदको चासो छ । यिनलाइ आन्तरिक प्रजातन्त्रको भन्दा साम्राज्यवादको बडो पीरछ। सप्तरीको कूपोषण भन्दा यिनलाइ नाइजेरियाको बोकोहरामको चासो बढीछ। यिनलाइ चूरेक्षेत्रको विनाशले भन्दा क्यालिफोर्नियाको जंगलमा लागेको आगोले पोल्छ । यिनलाइ जाजरकोटको जुनी चाँदे गाउँपालिकाको स्वास्थ्य प्रकोपबाट मर्न विवश मनुवाको भन्दा रोहिंग्या शरणार्थीको चिन्ताछ

फ्रिसिरियन आमीको उदय र विस्तारबाट हौसिएको अमेरिकी ध्रुवलाई आइइस विरुद्धको सैनिक कारबाहकिो नाममा रुसी सेनाले गरेको बमबारीले आघात पुर्याउँदा द्वन्दको नयाँ चरण शुरु भएको हो। यो धु्रवमा फ्रान्स घोलिंदा उसले भोगेको हिजोको पेरिसको आतंकवादी आक्रमण हाम्रो आँखा अगाडि भल्झली आउँछ । त्यसैले आइएस सिध्याउन फ्रान्सले पनि सकेको खर्च गर्छ, बल लगाउँछ । टर्की नेतोमै आवद्ध देश हो । र, यो सिरियाली कुर्द संगठन देखि सहँदैन। तिनीहरुको सफायामा ऊ हतियारतके पुरै सेना सिरियामा परेड खेलाउन पनि पछि पर्दैन। त्यसैले आइएस होइन टर्कीलाई असदको टाउको चाहिएको छ। र, असद विरोधी यो कित्ताको षड्यन्त्र सफल भए भोलीनै इरानको राजनीति कोल्टे फेर्छ र रुसको बढ्दो घेराबन्दी धराशायी हुन्छ । अनि कसले छाड्छ सिरियाको मैदान रु शतरञ्जमा त्यतिबेला मात्र सिपाहीको बलिदानी गरिन्छ जुनबेला आफूलाई हात्ती वा घोडा प्राप्त हुँदैन । र, दर्जनौं यस्ता उग्रवादी, आतंकवादी, साम्प्रदायिक समूहहरु छन् जसलाई दानापानीको आपूर्ती असद विरोधी कित्ताले गर्दछ। र त्यसमा टक्कर वाला देशहरुनै कि नारामा बसेर आमन्त्रण गरेपछि सिरियाली सरकारको को सँग मात्र लडोस्। अनि को को बाट मात्र जोगिउन् सिरियाली नागरिक ।
सिरियामा हालसम्म मारिनेको यकिन तथ्यांक छैन । तर अनुसन्धान संस्थाहरुले पाँचलाख नागरिक मारिइसकेको दावी गरेका छन्। साठी लाख सिरियाली विस्थापित भइसकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरु सिरियाबाट सरदर दैनिक चारहजार विस्थापित भइरहेको समाचार दिइरहेका छन् । गृहयुद्धको ताण्डव भित्र पुरै शहर बन्दी छन् जहाँ लाखौं सिरियन आफ्नो मृत्युको पालो पर्खन अभिषप्त छन् । लाशहरुको बिस्कुनमा जीतको शंखनाद गर्ने थुप्रै देशहरु छन् सिरियामा भन्दा मानवतालाई कति ग्लानी हुँदै हो। तर यथार्थ यही हो, सिरियामा मानवता होइन अहिले मान्छेको रगत बिकाऊछ । यो आजको हट केक होइन आधा दशक देखि नियमित छ।

नेपाली फेसबुकेहरुलाइ बल्ल चाड लाग्दोछ मानवअधिकार र प्रजातन्त्रको । रीप ठोक्ने दौडछ। यिनीहरुलाइ दाइजो र बोक्सी प्रथा जस्ता प्रेतवादबाट मारिएका नेपाली महिलाको ब्यथाले भन्दा सिरियाली रक्तपातले पोल्छ । यिनलाइ कर्णाली होइन दमास्कस दुख्छ। यिनलाइ नौवस्ता होइन सिरियाको राका दुख्छ। यिनलाइ गोपाल पराजुलीको अदालती प्रशासन भन्दा आसादको पीरछ । यिनलाइ खण्डहर रानीपोखरीको भन्दा बग्दादको बारुदको चासो छ । यिनलाइ आन्तरिक प्रजातन्त्रको भन्दा साम्राज्यवादको बडो पीरछ। सप्तरीको कूपोषण भन्दा यिनलाइ नाइजेरियाको बोकोहरामको चासो बढीछ। यिनलाइ चूरेक्षेत्रको विनाशले भन्दा क्यालिफोर्नियाको जंगलमा लागेको आगोले पोल्छ । यिनलाइ जाजरकोटको जुनी चाँदे गाउँपालिकाको स्वास्थ्य प्रकोपबाट मर्न विवश मनुवाको भन्दा रोहिंग्या शरणार्थीको चिन्ताछ । दाइजो नल्याएको निहुँमा पसर्ममा मारिएकी २१ बर्षिय रबिता देवीको यिनीहरुलाइ बाल छैन। बोक्सीको आरोपमा गाउँ निकालामा परकी धनुषाकी ६० वर्षीया शारदा चौधरी बारे यी अन्तर्राष्ट्रिय फेसबुके अभियन्ताहरु बेखबर छन्। दाइजो नल्याएको निहुँमा किशोरी शिवाहा समीलाई परिवारले जिउँदै जलायो। हाम्रा प्रजातन्त्रका मतियार र ठेकेदारहरुलाइ यसले छोएन । वैदेशिक रोजगारीबाट फर्किंदा सीता राई लुटिइन्, बलात्कारको सिकार भइन् । फेस्बुके अम्मलीहरु त्यतिबेला पनि चेतमा थिएनन् ।
तर यिनलाइ सिरियामा प्रजातन्त्र माग गर्ने गीत गाउन गलाखुल्छ । यो नयाँ अन्तराष्ट्रियवादको पनि सम्मान गर्नैपर्छ ।
सिरियाको झण्डा छातीमा पोतेर ऐक्यवद्धता जनाउनु अपराध होइन । मानवीयताले चिन्तापार्नु पनि नजाती होइन । तर इतिहास नखोतली, गर्तहरु नउधिनी फेसबुक रंगाउँदैमा तिनीहरु आफूलाइ प्रजातन्त्रका मतियार, मानवीयताका पुजारी र मानवअधिकारका पण्डित किन दावी गर्न। प्रजातन्त्रर मानवअधिकारका गीतहरु सुन्दा मिठै लाग्छन् । अमानवीय तस्वीरहरुले मानवीयता पग्लेर धुरु धुरु रुनुपनि अनर्थ होइन । तर रुवाईको धरातल कति बलियोछ भनेर हेर्नु पनि उत्तिकै सान्दर्भिक हुन्छ।

प्रतिक्रिया