युरोपा लिगको प्रि क्वाटरफाइनलमा आर्सनल

युरोपा लिगको प्रि क्वाटरफाइनलमा आर्सनल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ फाल्गुन २०७४
  • 7.4K
    Shares

इङल्याण्ड – इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो।

समग्रमा आर्सनलले खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणको यात्रा तय गर्यो।

अस्टरसन्डले खेलको २२ औं मिनेटमा होसम एइसको गोलमा अग्रता लिएको थियो। त्यसको एक मिनेटपछि केन सिमाले गोल गरेपछि  अस्टरसन्डले अग्रता दोब्बर बनायो। दुई मिनेटमा दुई गोल खाएको आर्सनलका लागि ४७ औं मिनेटमा सिड कोलसिन्सले एक गोल फर्काएका थिए।

प्रतिक्रिया