सामाजिक संजालमा उनका फरक फरक तीन वटा जन्ममिति भाईरल भएपछि डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै आफ्ना प्रमाणपत्र सार्वजनिक गरेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति छानबिन गर्नुपर्ने माग गर्दै आएका केसीले आफूले जस्तै पराजुलीले पनि प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन्।
‘प्राविधिक त्रुटीले मेरो एसएलसीको सर्टिफिकेट र नागरिकतामा फरक मिति छ, कसैले यसको छानबिन गर्छ? भने म पदबाट राजीनामा दिएर सहयोग गर्न तयार छु,’ केसीले भने।
मानवीय त्रुटीका कारण फरक जन्ममिति भरिएको भए आफूले त्यसलाई स्वीकार्ने बताउदै पत्रकार लाइ नागरिकता र प्रमाणपत्र देखाएका थिए l