नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदीले २३ औं जनयुद्ध दिवस एक कार्यक्रम गरी मनाएको छ l सो कार्यक्रममा सहभागीहरुले नेपालमा नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वमा चलिरहेको क्रान्तिले नै गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा वर्गको मुक्ति सम्भब रहेको बताएका थिए l उनीहरुले यहि कान्तिबाट नै नेपाली जनताले आमूल परिवर्तन ल्याउने बिस्वास व्यक्त गरे l
उनीहरुले नेपालका सासकहरुले नेपाली जनतालाई बिकासको सम्वृद्धि नामको भ्रम फैलाएर साम्राज्यावादी र बिस्तारवादीहरुको इशारामा देशको ढुकुटी रित्याउने र आफ्नो महल खडा गर्ने कार्यमा तल्लीन रहेको आरोप लगाएका थिए l उनीहरुको एक मत थियो, नेपालमा चलेको दलाल संसदीय व्यवस्थाका बिरुद्ध आम युवाहरु एकत्रित हुँदै एकचोटि एकीकृत जनक्रान्तिमा होमिनुपर्ने आवस्यकता औंल्याएका थिए l उनीहरुले रोजगारीका सिलसिलामा परदेशमा रहेका नेपालीहरुलाई ठगि गर्ने दलालहरुलाई पनि कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए l
नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदी कार्यबाहक अध्यक्ष युबराज कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिपुल ढुगाना, सेते मगर इन्द्र कुमार बिक लगायतले नेपालमा चलेको एकीकृत जनक्रान्तिका बारे आ-आफ्नो धारणा राखेका थिए कार्यक्रम सन्चालन केन्दिय सचिब टिकाराम ओलि ले गरेका थिए l
यसैबीच जनयुद्ध दिवसकै अवसर पारेर साउदी अरबको रियादमा भएको नेपालीहरुको भेलाले सेते मगरको अध्यक्षतमा नेपाली जनप्रगतिशिल मोर्चा रियाद क्षेत्रीय समिति गठन भएको छ l नेपाल कम्युनिस्ट पार्टीको भात्री संगठनको रुपमा रहेको यस मोर्चाको उपाध्यक्ष थमु गुरुङ, सचिब नन्दकिशोर केसी, सहसचिब खिम बहादुर पुन मगर र कोशाध्यक्ष हिक्मत रोकामगर रहेका छन् भने दुर्गा ओलि दलबहादुर बिक, असोक चौधरी र गणेस नेपाल सदस्य रहेको रियादबाट नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती सचिब टिकाराम ओली सुरेशले जानकारी दिएका छन् l सो मोर्चाको सल्लाहकारहरुमा इन्द्र कुमार बिक, प्रबिन जिसि रहेको प्राप्त समाचारमा जनाइएको छ l