जातीय विभेदको अन्त्य गर्ने प्रयास बारे पूर्व जनमुक्ति सेनाको सेक्सन कमान्डर को धारणा |

जातीय विभेदको अन्त्य गर्ने प्रयास बारे पूर्व जनमुक्ति सेनाको सेक्सन कमान्डर को धारणा |


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ फाल्गुन २०७४
  • 25.7K
    Shares

आदरणीय जन समुदाय ! हामी दलितहरु हाम्रो नेपाली समाजमा सबै जात, जाति र भाषा भाषिका मानिसहरुसंग मिलेर बस्न चाहन्छौ | तर यो समाजले हामीहरुलाई पशुजन्य एकदम घृणित ब्यबहार किन गर्दछ ? के यो सब दलित भएकै कारणले हो त ? के दलितहरु मानव होइनन ? दलितहरु पनि यो समाजमा अन्य जातिसरह समान रुपले अरु मानिसससरह सम्मान रुपले बाच्न पाउनु पर्ने होइन र? हाम्रो देस नेपालमा गणतन्त्र आइसक्दा समेत यी समस्या हरु समाधानको साटो झनै कस्टकर बन्दै गयको छ ?

अझै पनि नेपाली समाजमा रुढिबादी अन्धविश्वासले जरा गाडेकै छ l अझै पनि जातीय विभेद अन्त्य नभई त्यो कायम नै छ | राज्यका हरेक अंगमा दलितहरुको संख्या अति न्यून छ | चाहे त्यो आर्थिक रुपले किन नहोस चाहे त्यो राजनैतिक रुपले दलित समुदायको बौद्धिक बिकास गर्नको लागि राज्यले पूर्ण रुपले पहल गरेको देखिन्न |

जनयुद्ध होस् या जनआन्दोलन हरेक परिबर्तनका आन्दोलनहरुमा दलित समुदाएको महत्वपूर्ण भूमिका छ | तर श्रम र सीपका खानि दलितहरुलाई सामाजिक विभेद छ | किन जातीय विभेद गर्ने समुदायलाई सरकारले किन कानुनी दायराभित्र ल्याउदैन र सबै समुदायलाइ सामुहिक बसोबास गर्ने बाताबरण सृजना गरोस भन्न चाहन्छौ | हामी दलित समुदायहरु आज पनि आवाज लाइ रोकेर बस्न बाध्य छौ |

हामीलाई खुल्ला रुपले बोल्न समेत दिइएको छैन किन ? आज दलित समुदाय भित्रकै छोरी चेली बलात्कारदेखि हत्या गर्नेसम्म यिनै दलितहरु माथि छ र जसमा कहिँकतै अन्तर जातीय बिबाह नै भैहाल्यो भने पनि यो समाजले सम्मान रुपले स्वीकारेको देखिदैन l यसको लागि पनि नेपाली  समुदाय र नेपाल सरकारले बिशेष ध्यान दियको छैन | यो हाम्रो नेपाली  समाजले जानी जानी दलिताहरुमाथि विभेद गरिरहेको छ |

नेपाली  समाज र समुदाय सबैलाई थाहा हुनु पर्ने कुरा हो कि यो शिरदेखि पाउसम्म दलितहरुको सीप र पसिना लत्पतिएको छ l तर यिनीहरु दलितलाई अछुत भन्न पछी पर्दैनन् l बास्तवमा अछुत दलित हुदै होइन l अछुत ती  हुन् जसले दलितलाइ दास बनाएर आफु मालिक बनेका छन् | जसले कुदेको मुर्ति र जसले बनाएको मन्दिरमै प्रवेश निषेध गरिन्छ भने के त्यो ब्राम्हण बाद होइन र? जसले मन्दिर बनायो जसले मुर्ति कुद्यो तिनलाई त्यहाँ पुजा गर्न रोक लगाएर आफुहरु त्यसको भक्त सम्झिन्छन, तिनै हुन् अछुत|

एक पटक यो समाजका बिशिस्ट ओहदामा बस्ने ब्याक्तिहरुले सोचौ त l  यो या त्यो बहानाले दलितहरु माथि विभेद छ कि छैन ? हामी  सबै मानव हौ र मानवताको ब्यबहार गर्न सिकौ र परिबर्तनको बाटोतिर लागौ |

प्राय: हेर्ने हो भने ठुला समारोह र गोष्ठीहरुमा चर्को चर्को आवाजमा जातियमुक्तिको नारा दियर भाषण गरिन्छ l तर यो समाजको ब्यबहारमा परिबर्तन हुन् सकेन | जातीय भेदभावले तिब्र रुप लिदा पनि नेताजीहरु मौन भएर बसेको भेटिन्छ | यो बिषयलाइ कसैले खासै चासोको बिषय बनाएको पनि पाइएन l

जातीय भिबेद्को अन्त्य गर्नको लागि हामी सबै नेपालीले आवाज उठाउन पर्छ l अनि मात्र यो समाजमा दलित्समुदायको जीबनस्तरमा परिबर्तन आउछ र हाम्रो समाजमा छुवाछुत को अन्त्य भै सुन्दर र सभ्य समाजको निर्माण हुन्छ l त्यसैले कोहि पनि मान्छे जन्मिदै बाहुन क्षेत्री र दलित हुदैन त्यो मात्र भ्रम मात्र हो l हामि सबै मानव हौ हामीले मान्ने धर्म मानवता हो |समाजबाट जातीय विभेद हटाउन पहल गरौँ l कानुनमा बर्जित गरिएको जातीय बिबेद समाप्त पारेर समतामुलक समाज निर्माणमा योगदान गरौँ

लेखक पदम बहादुर चनारा ( बिशाल )

भेरी नगर पालिका १२ जाजरकोट हाल मलेसिया क्वालालाम्पुर

प्रतिक्रिया