अष्ट्रेलियमा एक नेपाली युवकले प्रेमिकाको हत्यागरि आफुले आत्महत्या गरेका छन् । सिड्नीको एक रेष्टुरेण्टमा काम गर्ने ब्राजिल गुरुङले आफ्नै प्रेमिका बेलायती नागरिक अमेलया ब्लेकको हत्यापछि आत्महत्या गरेका हुन । अघिल्लो बर्षसम्म एउटै रेष्टुरेण्टमा काम गर्ने गुरुङ र ब्लेक कार्यस्थलकै सम्बन्धलाई प्रेमसम्बन्धमा परिणत गरेका थिए ।
गुरुङले सेफको रुपमा काम गर्ने रेष्टुरेण्टमा वेटर बनेकी ब्लेकले रेष्टुरेण्टको काम छाडेपछि सम्बन्धमा आएको उतरचढावका कारण युवतीको हत्या भएको प्रहरीको अनुमान छ । केहीसमय अष्ट्रेलिया बसाईको प्रेमसम्बन्धपछि बेलायत फर्केकी युवतीले गुरुङलाई छाडेको तर ८ महिनाअघि सिडनी आएपछि उनकै प्रेमिकाको रुपमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रेममा धोका पाएका कारण गुरुङले ब्लेककै फ्ल्याटमा पुगेर हत्यागरेपछि आफुले आत्म हत्या गरेको न्यू साउथ वेल्सका प्रहरी निरीक्षक चाड डिगेनार्सले जानकारी गराएका छन ।