पोखराको न्युरोडमा आइतबार राती भएको मोटरसाइकल दुर्घटनमा परी प्याराग्लाइडिङ पाइलट सन्दीप सिग्देलको ज्यान गएको छ । न्युरोडमा आइतबार राती करिब ११ बजे तिर सिग्देल सवार ग ११ प ७६८१ नम्बरको मोटरसाइकल सोलार बत्तीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिव थापाले जानकारी दिए ।
तनहँु घर भई हाल पोखरा न्युरोड बस्दै आएका सिग्देल टिम फाइभ प्याराग्लाइडिङमा प्याराग्लाइडिङ पा्रइलटको रुपमा काम गर्ने गरेको बताइएको छ । घटना लगत्तै प्रहरीको भ्यानले उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको भएतापनि अस्पताल पु¥याएलगतै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सवारी साधनको प्रकृति हेर्दा दुर्घटना तिब्र गतिका कारणले भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।