किपरले बल ठानेर टाउको समातेपछि……

किपरले बल ठानेर टाउको समातेपछि……


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ पुष २०७४
  • 26.6K
    Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोक्यो । टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रियनको महत्वपूर्ण भूमिका छ ।

एड्रिएनको राम्रो प्रदर्शनका कारण म्यानचेस्टर सिटीबाट लोनमा गएका इंग्ल्याण्डका जोय हार्टले वेष्ट ह्याममा आफ्नो स्थान बनाउन संघर्ष गर्नु परेको छ ।

तर बिहीबार रातिको खेलमा गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समाते । वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन् । एड्रियनले बल ठानेर कोयाटेको टाउको समातेका हुन् ।

एड्रियनले कोयाटेको टाउको समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै पोस्ट भएको छ । उनका समर्थकले बलको आकार भएको जस्तोसुकै बस्तु समात्न र रोक्न सक्ने रहेको भन्दै समर्थन गरेका छन् ।

प्रतिक्रिया