एमाले विदेशि खेलकाे केन्द्रमा ल्यार्इंदै, एमाले विभाजनका लागि एमाअाेवादी-एमाले एकता : भरत दाहाल

एमाले विदेशि खेलकाे केन्द्रमा ल्यार्इंदै, एमाले विभाजनका लागि एमाअाेवादी-एमाले एकता : भरत दाहाल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ पुष २०७४
  • 27K
    Shares

भरत दाहाल

संविधान निर्माणपछिकाे साम्राज्यवादी खेल मैदान एमाले बन्नेछ भन्ने तथ्यमा मलार्इ कुनै संका छैन। कांग्रेस राष्ट्रिय उद्याेगधन्धाहरू बेच्ने र बेराेजगारी सिर्जना गरेर नेपालकाे सकृय जनशक्तिलार्इ बाहिर निकाल्ने डिजार्इनमा प्रयाेग भैसकेकाे छ भने एमाअाेवादी क्रान्तिकाे अावरणमा सामाजिक सम्बन्ध खल्बल्याउने र राज्य संरचनाहरू खुकुलाे बनाएर दरबार हत्याकाण्डकाे पूर्वाधार निर्माण गर्ने मिशनमा प्रयाेग भैसकेकाे छ। अब तिनीहरूसंग कुनै प्रकारकाे हलचल ल्याउनकाका लागि अपिल पावर छैन।

एमाले छनाैटकाे २ वटा कारणहरू म्धये एउटा कारण त्याे कुनै गम्भिर घटनाका लागि प्रयाेग नभैसकेकाे अवस्था हुनु हाे भने दाेश्राे कारण केपीले चीनसंग गरेकाे पारवाह संझाैतापछि केपीकाे नामका वरिपरि अाकर्षित हुन थालेकाे देशभक्तिकाे जनमनाेविज्ञान हाे। यि २ कारणले एमालेसंग मानिसहरूमा अपिल गर्ने शक्ति रहेकाे अाँकलनका अाधारमा त्यसतर्फ सबै बाह्य शक्तिकेन्द्रहरूकाे अाँखा तानिएकाे देख्छुँ म। जनतालार्इ कसले खेलाउन र नचाउन सक्ने संभावना राख्दछ भन्ने हिसाबका अाधारमा नै साम्राज्यवादीहरूले अाफ्नाे रणनीति विन्यास गर्दछन्।

एमाले विभाजनका लागि एमाअाेवादी-एमाले एकता

एमालेभित्रकाे केपी अाेली भर्सेज गैर केपी अाेली संघर्ष अब विस्तारै अाेली भर्सेज पुष्पकमलका रूपमा बदलिंदै गएकाे छ। एकताकाे मुखाैटाेमा प्रकट हुन थालेकाे याे नाटक दलाल सत्ताभित्रकाे बाह्य शक्ति सन्तुलन कसका पक्षमा निर्माण गर्ने भन्ने रणनीतिमा अाधारित छ। चीनकाे बदलिएकाे विदेश नीति र त्यसमा पनि छिमेक नीतिलार्इ दिर्इएकाे प्राथमिकताले नेपालकाे भू-राजनीतिमा प्रयाेग गरिएकाे इण्डाे-पश्चिमी रणनीतिले हावा खान्छ भन्ने त्रास व्याप्त बनेकाे छ।

एकताकाे याे रणनीतिले पार्टी नेतृत्व वा प्रधानमन्त्रि पदमध्ये एउटा केपीकाे हातबाट खाेस्न चाहेकाे छ ताकि चीनसंग बढ्न सक्ने भनिएकाे नेपालकाे सम्बन्धमा लगाम लगाउने याैटा अाधार चाहिं नभत्कियाेस्। यसैका लागि पुष्पकमलकाे वार्गेनिङ प्रधानमन्त्रिमा “अालाेपालाे” देखि पार्टीमा “फिफ्टीफिफ्टी” हिस्सेदारिसम्म अार्इपुगेकाे छ। एमालेभित्रमा माधव, झलनाथ, बामदेवका ग्याङहरू यसका पक्षमा उभिएर पुष्पकमललार्इ उकासिरहेका छन्।

एमाले-एमाअाेवादीकाे कथित एकता प्रकरण एमालेभित्रकाे ध्रुविकरणसंग मात्र सम्बन्धित छैन कि याे एकता एमाले विभाजन गर्ने याेजनासंग पनि जाेडिएकाे छ। स्थानिय चुनावकाे पूर्वसन्ध्यादेखि नेपालमाथि नाकाबन्दि बलियाे बनाउन लैनचाैर र लालु यादवकाे दरबार धाउनेहरू देखि यूराेपीयन मिशनरिले परिचालन गरेका एवं रअका एजेन्टका रूपमा कुख्याति कमाएकाहरूसम्मकाे एमाले प्रवेशकाे क्रमले के देखाैइरहेकाे छ भने नेपाल विरूद्ध खेल्ने मञ्चका रूपमा एमाले छनाैट भएर चारैतिर छरिएका खेलाडिहरू त्यसभित्र जम्मा गरिंदै्छ।

 

प्रतिक्रिया